दोहा कतार । कोरोनाका कारण अलपत्र नेपाली हरूलाई सरकारले सहजिकरण उडानमार्फत नेपाल ल्याइरहेको छ भने खाडी राष्ट्र कतार, दुबई र कुवेतबाट आगामी अक्टोबर १ देखि नियमित उडान गर्ने भएको छ । तर कतारबाट यो महिना भरि नेपाल, हिमालयन तथा कतार एयरवेजले उडान भरिरहेका छन् । कतार एयरले हप्ताको तीन दिन नियमित उडान गर्दैछ भने नेपाल एयरले २६, २७, २९ र ३० र हिमालयन एयरलाइन्सले २७ तारिख उडान भर्ने निश्चित भएको छ ।४३ औँ सहजिकरणमार्फत २ महिलासहित १६७ , ४४ औँ सहजिकरण उडानमार्फत ३ महिलासहित १४५ र आज भएको ४५ औँ उडानमार्फत १५ महिलासहित १४६ जना उडेका छन् । लकडाउन यता नेपाल तथा हिमालयन एयरलाइन्सले ४५ र कतार एयरवेजले करिब १२ पटक दोहाबाट नेपालका लागि उडान गरेका छन् ।
हालसम्म १० हजार भन्दा बढी नेपाली नागरिक नेपाल फर्किएका छन् । करिब १७ हजार नागरिक नेपाल जाने फाराम भरेर दूतावासको सूचिमा नाम पर्खेर बसीरहेका छन् ।
Facebook Comment