वर्षासँगै खसेको पहिरोले पाल्पा तिनाउका आठवटा घरमा क्षति
Kandara News प्रकाशित : २०७७ असोज १२ गते २२:११
पाल्पा-शुक्रबार रातिको अविरल वर्षासँगै खसेको पहिरोले तिनाउ गाउँपालिकाको दोभान, झुम्सा, घोडेबासलगायतका स्थानका आठवटा घरमा पहिरोले क्षति पुगेको छ ।पहिरोले दोभानको घोडेबासस्थित टिकाराम खरेल,यज्ञ खरेल र नारायण खरेलको घरमा क्षति पुगेको छ ।पहिरोले उनीहरुको घरमा क्षति पुर्याएको स्थानीय युवा ताेया लम्सालले जानकारी दिए ।तिनाउ गाउँपालिका–२, कै भीमबहादुर भुजेलको पनि माथिल्लो भागबाट खसेको पहिरोले घर पूर्ण रुपमा क्षति पुगेको छ । तिनाउ गाउँपालिका–३, सिद्धार्थ राजमार्ग क्षेत्रका अर्घाछापका लीलाबहादुर थापाको घर, च्याउघरलगायतमा पहिरोले क्षति पुगेको छ ।राजमार्गको माथिल्लो भागमा पहिरो खस्दा रुखसहितले घरमा क्षति पुगेको प्रहरी चौकी दोभानका प्रहरी सहायक निरीक्षक विक्रम भुसालले जानकारी दिए । उनका अनुसार तिनाउ गाउँपालिका–३, कै अमरसिंह प्रधान र राजबहादुर श्रेष्ठको घर पनि पहिरोको जोखिममा परेको छ ।वडाध्यक्ष प्रेमप्रसाद पाण्डेयले रातभरको अविरल वर्षाले के कति क्षति भएको छ भन्ने अझै यकिन तथ्यांक आउन नसकेको बताए ।
Facebook Comment