रामपुर अस्पतालको कोभिड वार्डमा उपचाररत एक महिलाको मृत्यु

रमा भण्डारी
प्रकाशित : २०७८ जेठ २ गते २२:३२

जेठ २  रामपुर पाल्पा

रामपुर अस्पतालको कोभिड वार्डमा उपचाररत एक महिलाको आईतबार विहान निधन भएको छ । रामपुर नगरपालिका वडा नम्बर ८ स्थायि घर र हाल रामपुर नगरपालिका वडा नम्बर ७ बस्ने ४६ वर्षिय महिलाको विहान ७ः३० बजे निधन भएको रामपुर अस्पतालका प्रमुख डाक्टर विजय परियार ले जानकारी दिनुभयो ।

लुम्बिनी मेडिकल कलेज तानसेनमा उपचारका लागि पुगेको महिलाको गत २३ गते कोरोना रिपोर्ट पोजेटिभ आएको थियो । रिपोर्ट पाजेटिभ देखिए पछि होमआईसोलेसनमा बस्ने गरी फर्किनु भएको थियो । स्वास्थ्यमा समस्या देखिए पछि उनलाई ९ दिन अघि रामपुर अस्पताल भर्ना गरिएको थियो ।


प्रकाशित : २०७८ जेठ २ गते २२:३२


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology