बुजिन उ रहेछ सहरिया नया चलनको मान्छे

सानु थपलिया /झापा( हाल कतार)
प्रकाशित : २०७७ भदौ ३ गते ५:५४

गजल
बुजिन उ रहेछ सहरिया नया चलनको मान्छे
सिन्दुर रोकेर दाइजो माग्दैछ लगनको मान्छे ||

जाहा जतिनै दुरमा पुगोस यि मेरा नजरहरुवाट
अह बिर्सन सकिन्न रहेछ सजिलै मनको मान्छे

आमा आश्रममा छोरो सम्झेर सधै रोईरहन्छिन
छोरो बद्लिएको छ रहेन उ बचपनको मान्छे||

भोकै छन न्यायको आशमा बलत्कृतका बा-आमा
छोरिकोको तलाशमा राजनिति गर्छ सदनको मान्छे

बाचुन्जेल घृणा गर्नेले किन नया कपाडा फेरिदियो
मरेपछि यहि सोचेर दिक्दार थियो कफनको मान्छे


प्रकाशित : २०७७ भदौ ३ गते ५:५४


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology