पूर्वखोला को चिनारी

निलकण्ठ न्यौपाने गुरु
प्रकाशित : २०७७ भदौ ३ गते ६:०८

पूर्वखोला गाउँपालिका पाल्पा जिल्ला, प्रदेश नं. ५ नेपालमा अवस्थित छ । यसको नामकरण उदगम प्राकृतिक जलस्रोत पूर्वखोलाको नाममा भएको छ । यसको उद्रम देवीनगरको लेमधेम देखि भएको छ । जसको जलाधार क्षेत्र देवीनगर, ताहुँ, वीरकोट, जल्पा, रिङ्नेरह र सिलुवाका केही भागहरु पर्दछन् । पूर्वखोलाको जलसीमा लाम्दी दोभान, सिसिङ्गा, अर्चले निस्दीसम्म पर्दछ ।

यो गाउँपालिका १३८.०५ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएको छ । यसको जनसंख्या २०६८ को जनगणना अनुसार १९५८९ रहेको छ । यस गाउँपालिकाको केन्द्र साविक रिङ्नेरहको दारिम चौरमा रहेको छ । यो गाउँपालिका पूर्ण खोप, पूर्ण साक्षर, पूर्ण संस्थागत सुत्केरी, खुल्ला दिसामुक्त घोषित गाउँपालिका हो । यहाँ एक कलेज सहित अन्य ३८ शिक्षण संस्था एवम् एक कृषि प्राविधिक विद्यालय रहेको छ ।

यसको पूर्वमा निस्दी गाउँपालिका उत्तरमा रामपुर नगरपालिका पश्चिममा रम्भा गाउँपालिका र दक्षिणमा माथागढी गाउँपालिका पर्दछन् । साविकको सिलुवा, जल्पा, रिङ्नेरह, देवीनगर, वीरकोट र हेक्लाङ समेत छ वटा वडाहरु मिलेर यसको संरचना भएको हो ।
यसको सबैभन्दा होचों भू–भाग वडा नं. १ सिलुवाको पाङ्लुङ फेदी समुद्री सतहबाट ४५० मिटर र अग्लो भू–भाग हात्तीलेक १७६८ मिटर रहेको छ । भौगोलिक विविधताको आधारमा यहाँको हावापानी जाडो पनि गर्मी पनि विविधतायुक्त रहेको छ । यो विशिष्ट वन क्षेत्र रहेको पालिका पनि हो । यहाँको अधिकांश आवाद क्षेत्र पाखो र केही क्षेत्र गह्रो रहेको छ । समुदायका प्रायः सबै परिवारसँग थोरै–धेरै खेती योग्य जमिन रहेको पाइन्छ । बहुसंख्यक मगर समुदायको बसोबास रहेको यस गाउँपालिकामा ब्राम्हण, क्षेत्री, नेवार, कामी, दमै, सार्की आदि जात जातीका मानिसहरु साम्प्रदायिक सद्भावका साथमा परम्परागत रुपमा बसोबास गर्दै आएका छन् । यहाँ धर्म–संस्कृति रीति–रिवाज आदिको विविधता रहेको छ । यहाँका धार्मिक स्थलहरुमा सिलुवाको रुदेमण्डी, चुरा बराजु, जल्पाको जल्पादेवी लक्ष्मीनारायण मन्दिर, रिङ्नेरहको शिव दुर्गामन्दिर, देवीनगरको भानुमाता, वीरकोटको मौलाकालिका, अकलादेवी, हेक्लाङको वराहथान विशिष्ट धार्मिक पहिचान भएका स्थलहरु हुन् ।

यहाँको आय आर्जनको मुख्य पेशा कृषि र पशुपालन हो । यसका अतिरिक्त व्यापार व्यवसाय, जागिर, वैदेशिक रोजगारी, लघुउद्योग आदि आय आर्जनका स्रोत हुन् । हात्तीलेक र पूर्वखोला यस गाउँपालिकाका मुख्य प्राकृतिक सम्पदा हुन् । यहाँ तामा, शिशा, चुन ढुंगाको खनिज सम्पदाको सम्भावना रहेको छ । यहाँ सबै वडाहरुमा स्वास्थ्य सेवा केन्द्रहरु रहेका छन् । यसका अतिरिक्त अहोरात्र सुरिक्षित सुत्केरी सेवा, गर्भपरीक्षण वृद्ध वृद्धाङ्गना, घर दैलो स्वास्थ्य सेवा, स्वास्थ्य जागरण आदि विविध स्वास्थ्य सेवा, स्वास्थ्य क्लिनिक सञ्चालित छन् ।

उत्पादन ः पूर्वखोला गाउँपालिका अन्तर्गत खाद्यान्न नगदेबाली अदुवा, उँखु, तरकारी, अम्रिसो, तेजपात, टिमुर पर्दछन् । यहाँको मुख्य बाली धान, मकै, कोदो, गहुँ, जौ फापर, तेलहन आदि हुन् ।

लेक ः हात्तीलेक नाङ्गे लेक, सिद्ध लेक, माझी लेक, बुढीलेक आदि लेकहरु यहाँ अवस्थित छन् ।
चुली ः पूर्वखोला गाउँपालिका अन्तरगत टीका चुली जल्पा मैदान, चुलीडाँडा, ढोलीमारा आदि दर्शनीय छन् ।
गढी ः यस गाउँपालिका अन्तरगत बाकुमगढी हेक्लाङ्ग ऐतिहासिक गढीको रुपमा परिचित छ ।
भञ्ज्याङ्ग ः दार्सिङ् भञ्ज्याङ्ग, पड्के भञ्ज्याङ्ग, सिलुवा भञ्ज्याङ्ग, खिर्रा भञ्ज्याङ्ग, ढाक्रेवास भञ्ज्याङ्ग, राँके भञ्ज्याङ्ग, खल्लु भञ्ज्याङ्ग, झेमराङ्ग भञ्ज्याङ्ग, ला“कुरी भञ्ज्याङ्ग, किरिभञ्ज्याङ्ग, शिखर भञ्ज्याङ्ग, सबै पूर्वखोला गाउँपालिका अन्तरगत पर्दछन् ।
खोला ः पूर्वखोला, कोयल्दी खोला, रकम खोला, झम्मा खोला, खान्टूङ्ग खोला, सिमल्दी खोला, मस्र्याङ्दी खोला, मुन्टुसा खोला, गरङ्गा खोला, रिङ््दी खोला, करादी खोला आदि । यसका मुख्य खोला हुन् ।
सुरुङ ः देवीथान सुरुङ, स्वरलौटा हात्तीलेक, समी चौपारी आफरडाँडा वीरकोट ।
ओडार ः घिचिङ्ग ओडार, सिलुवा छिस । १ हजार मानिस बसेर सभा गर्न मिल्ने फराकिलो छ ।
सबै वडाहरुमा सामुदायिक वनको अवस्था सन्तोषजनक रहेको छ । यसैगरी सबै वडाहरुमा स्वास्थ्य स्वयंसेविकाहरुको सहभागितामा स्वास्थ्य स्वयंसेवाको सन्तोषजनक अवस्था रहेको छ ।
वडागत विशेषता
वडा नं. १ सिलुवा ः पूर्वखोला गाउँपालिका अन्तरगत साविकका सिलुवा गाउँविकास समिति (गाविस) वडा नं. १ पर्दछ । यहाँ विकासका पूर्वाधार– बाटो, बिजुली, स्वास्थ्य र शिक्षा प्रायः सबै टोलहरुमा कतै पुगेको, पुग्दै गरेको, पुग्ने योजनामा रहेको बुझिन्छ । यहाँ अदुवा खेती र बाख्रा पालन दुवै व्यवसायिक रुपमा सञ्चालित छन् । सानोगल्धा, लोस्दी, बहिछाप, मनहरी, मौलाथर, तल्लोेथर, खुम्रीडाँडा, वासुधा, मुन्डुङ, पड्के भन्ज्याङ, पाङ्लुक, करङवन, डूमरे, तामकोट, मस्लाङ्ग, श्री डा“डा, माझकोट, गुनडाँडा, दार्सिङ्ग भञ्ज्याङ, रोमन्दी, तालखोला, कोक्सेङ्दी, बुढाथोकी, गसुवा, रेचे, सामुङ्गा, छिस, नाथेपुर, तामाखानी, ताल्तुङ्ग, मोती रह, ढाक्रेवास, अल्कीचौर, कर्चिस, पोखर डाँडा यहाँका मुख्य टोल वस्ती हुन् ।
वडा नं. २ जल्पा ः यहाँको पूर्वाधार विकासका आधारहरु बाटो, बिजुली, स्वास्थ्य, शिक्षा, खानेपानी, सिंचाई, प्रायः सबै टोलहरुमा पुग्ने गरी परिचालित छन् । यहाँ तरकारी, अम्रिसो, फलपूmल मुख्य आयर्जनका मुख्य व्यवसाय हुने । यहाँका मुख्य टोलबस्तीहरुमा साठिकोल, थाङसिङ, खरक, सिकलिस, घुसेनी, मैदान, ढोलीमारा, साखिने, आर्गीडाँडा, वापन, झेरुदी, मुढेखरक, छाब्दी, राक्से, दद्रा, ज्ञानीचौर, लाभें, बाँसटारी, वरेक्दी, ढाँठ, खैरेनीहरु पर्दछन् ।
वडा नं. ३ रिङ्नेरह ः रिङनेरह पूर्वखोला गाउँपालिकाको हालको केन्द्र हो । यो वडा धान, मकै खेतीका लागि उपयुक्त क्षेत्र हो । पूर्वखोला फाँटका खेतहरु निकै उर्वराशक्ति भएका उत्पादनशील छन् । यहाँबाट केही हदसम्म स्थानीय खाद्यान्न आवश्यकता पूरा हुने गरेको छ । यहाँका टोल वस्तीहरुमा तल्लो फाँट, थामडाँडा, अचिनडाँडा, बाहुनडाँडा, बेसीवारी, विर्ताबजार, बिरुवा पचासे, द्वारीगौडा, कलौली, सातविसे, आठ्बिसे,खाक्सी, भालुकुना, गाहाडाँडा, देउराली, मन्दिरडाँडा, रोङढेम, अर्खलडाँडा, कोरङ्गा, कोलडाँडा आदि मुख्य हुन् ।

वडा नं. ४ देवीनगर ः यस वडाको नाम भानुमाता देवीका नाममा राखिएको हो । यहाँ धान मकैका अतिरिक्त फलपूmल, तरकारी खेती विशेष हो । यहाँ कोइलाखानी जस्तो खनिज पदार्थ उपलब्ध छ । यहाँका टोल वस्तीहरुमा ढापखोला, केरौली, काफलडाँडा, मुन्टुङ, वेसर्घा, लेमधेम, महकाल, वलीपोखरा, सिमल्दी, चेवा, चिर्तुङ्ग, मङ्गला पर्दछन् ।
वडा नं. ५ वीरकोट ः यस वडाको नाम तत्कालीन सेनवंशी वीरहरुले गरङ्गकोट हान्नु अघि यहाँ मौलाकालिकाको शिला स्थापना गरी कोत (वलीपूजा) दिएर अघि बढेको ठाउँ वीरकोट नाम रहन गएको चर्चा सुनिन्छ ।
यहाा अदुवा, फलपूmल खेती र बाख्रापालन विशेष व्यवसायिक रुपमा गरिन्छ । मकै, कोदो, धान यहाँको मुख्य खाद्यान्न बाली हो । यहाँका टोल वस्तीहरुमा कर्नेडाँडा, शिखर डाँडा, मालेखर्क, खाक्से, पोखरीछाप, बुढीलेक, मोचाबारी, भोर्से, ढापडा“डा, भैसादी, सुखेपोखरा, मोलाथर, वासा, खल्लुक भञ्ज्याङ, स्यापत, बाहुनडा“डा, चुमबास, देउराली पर्दछन् ।
वडा नं. ६ हेक्लाङ ः यो वडा विशेष गरी अदुवा पिडालु हुने क्षेत्रको नामबाट हेक्लाङ रहन गएको मानिन्छ । यो वडा पूर्वखोला गाउँपालिकामा सबैभन्दा उद्यमी, पौरखी, व्यवसायिक रुपमा चिनिन्छ । यहाँ व्यवसायिक तरकारी, टिमुर, बाख्रा, बंगुर। कुखुरापालन व्यवसाय विशिष्ट रुपमा परिचालित छन् । अरुको लागि पनि यो उत्प्रेरक वडा हो । यहाँका टोल वस्तीहरुमा चेबुङ्ग, झेमराङ्ग, लाकुरी, सालबास, खुमडाँडा, पनेर्दी, पोखराथोक, खोरेदी, ढापडाँडा, भञ्ज्याङ्थोक, लमपाल आदि पर्दछन् ।
यसरी सिङ्गो पूर्वखोला गाउँपालिका विभिन्न विकास गतिविधिसँगै अगाडि बढिरहेको छ ।


प्रकाशित : २०७७ भदौ ३ गते ६:०८


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology