“शिक्षकलाइ बिध्यालयमा हाजिर हैन घरमै शैक्षिक कृयाकलपा गराउ ” –

गेहेन्द्र पौडेल
प्रकाशित : २०७७ भदौ ३ गते १३:२६

कन्दरा सम्बाद दाता
– बेश नेपालका साक्षरता अभियान्ता ( पाल्पा ) अहिले शिक्षकलाई अनिवार्य रूपमा विद्यालयमा उपस्थित हुन सरकारले निरन्तर ताकेता गरिरहेको छ तर बिद्यार्थी उपस्थिति हुने अवस्था छैन। अब बिद्यालय परिवार र सरोकारवालाले थप कृयाकलाप गर्नुपर्ने देखिन्छ जसले जबर्जस्त बिद्यालय जानुभन्दा घरमै सुरक्षित बसेर दैनिक निश्चित समयमा बिद्यालय/शिक्षा शाखाले अाफुलाई उपयुुक्त र संभव हुने कामहरू अनिवार्य गर्दा काम र सृजनाहरू पनि अाउने थियोे।
1.शिक्षा शाखाबाट इमेल, इन्टरनेट, शिक्षण विधि, सामाग्री निर्माण, बाल मनोबिज्ञान लगायत शिक्षणमा दैनिक प्रयोगमा अाउने बिषयमा अनलाइन तालिम संचालन गर्ने
2.शिक्षा शाखाबाट स्वअध्ययनका लागि शिक्षकलाई सामाग्री वितरण गर्ने र अावस्यक सहयोग गर्ने
3.शिक्षकले घटना अध्ययन, सफलताको कथा लेख्ने
4.अाफ्नो बिषयमा कसरी शिक्षण गर्ने भन्ने योजना निर्माण गर्ने
5.कार्यमुलक अनुसन्धान गर्ने (बिद्यालयमा अाफुले गरेका सफल अभ्यासमा)
6.शिक्षण सामाग्री हरू निर्माण गर्ने
7.शिक्षकहरूको म्यासेन्जर ग्रुप निर्माण गर्ने र छलफल गर्ने
8.अाफुले शिक्षण गर्ने बिषयमा परिवारमा कसैले सामाजिक संजाल चलाउनुहुन्छ भने म्यासेन्जर, इमो, भाइबर, लगायत विभिन्न माध्यम तथा बिद्यार्थीलाई फोन सम्पर्क गर्दै गृहकार्य दिने तथा परिक्षण गर्ने
9.अभिभावकलाई सम्पर्क गरि बालबालिकालाई सहयोग गर्न अनुरोध गर्ने
10.शिक्षकले गरेका कामको मुल्यांकन गर्ने र राम्रो लाई प्रोत्साहित गर्ने बिद्यालय तथा शिक्षा शाखाबाट।
यतिमात्र गर्न सके अा अाफ्नो पेशामा निरन्तर संलग्न हुँदै काम पनि देखाउन सकिने थियो।


प्रकाशित : २०७७ भदौ ३ गते १३:२६


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology