तारमा जिउ रोपेर आफैलाई झुण्डाउने डरलाग्दो पर्व, चरक पुजा (फोटो फिचर)

Kandara News
प्रकाशित : २०७७ भदौ ४ गते ११:४९

हामीकहाँ विस्केटजात्रा पर्वमा जिब्रो छेड्ने चलन छ र यो पटक जुजुभाइले आठौँ पटक जिब्रो छेडे । जिब्रो छेड्ने कुरा सुन्दा नै जिउ सिरिंग हुन्छ । हामीकहाँ त केवल जिब्रो छेड्ने मात्रै कुरा छ ।

उता बंगलादेशमा एउटा यस्तो पर्व मनाइन्छ जसमा जिउलाई तारबारले पूरै छेँडेर तुर्लुंगै झुण्डाइन्छ ।
चरक पुजा नामको यो पर्व बंगलादेश तथा भारतको पश्चिम बंगालमा समेत मनाइन्छ ।

नेपाली क्यालेन्डर अनुसार वर्षको अन्तिम दिन अर्थात् चैत महिनाको अन्तिम दिन हिन्दु धर्माबलम्बीले यो पर्व मनाउँदछन् ।

टमानिसहरु यो चरक पुजामा आफ्नै जिउभरी सुइ तथा तार रोपेर मनाउनुको अर्थ छ । दुख पीडा सबै यहीँ वर्षमा सकियून् र आउँदो वर्ष दुख नपरोस् भन्ने कामनाका साथ यो पर्व मनाइँदो रहेछ ।

तर यस्तो कामना सहित मनाइने पर्वका दृश्यहरु भने निकै डरलाग्दा हुन्छन् । मानिसहरु आफ्नो कम्मर, छाति र ढाडमा जसरी हुक रोपेका हुन्छन् त्यो देख्नै नसकिने खालको हुन्छ ।

उनीहरु त्यहीँ हुकमा तार बेरेर सोही तार चरकको मौलोमा अड्काएर लामो समय सम्म झुण्डिइरहन्छन् ।

हेरौँ यो भयानक पर्वका दर्दनाक तस्वीरहरु


प्रकाशित : २०७७ भदौ ४ गते ११:४९


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology