यी हुन् गर्ल्स होस्टेलका गोप्य कुरा

Kandara News
प्रकाशित : २०७७ भदौ ४ गते ११:५१

केटीहरु होस्टेलमा के के गर्छन् ? यो एउटा यस्तो प्रश्न हो, जसको जवाफ जान्नका लागि केटाहरु बेचैन हुन्छन् ।

केटीहरु बस्ने होस्टेले एउटा यस्तो ठाउँ हो जहाँ केटाहरु पस्न सक्दैनन् । त्यसैले पनि यसप्रति उनीहरुको उत्सुकता बढेको हुन्छ ।

गर्ल्स होस्टेल वास्तवमै एक अलग दुनिया हेा केटीहरुको लागि । जहाँ फरक फरक ठाउँबाट आएका केटीहरु एकसथा रहन्छन्, कोठा शेयर गर्छन् बाथरुम शेयर गर्छन्, कपडा शेयर गर्छन् र एक अर्काका भावना तथा इच्छाहरु पनि शेयर गर्छन् ।

होस्टेलमा केही त्यस्ता कुराहरु पनि हुन्छन् जुन होस्टेलभन्दा बाहिर हुँदैनन् प्रायः ।

गल्र्स होस्टेलमै हुने त्यस्ता विशेष कुराहरु यस्ता पो छन्ः

  • खाली समय मिल्ने बित्तिकै उनीहरु फटाफट मेकअप गर्दछन् । तर कहीँ घुम्न जानका लागि होइन, आफ्नै फोटो खिच्नका लागि श्रृंगार ।
  • पूरै रातभर जागा रहेर लगातार फिल्म हेर्ने ।
  • पूरै रातभर जागा रहेर एक अर्काबीच लभ अफेयर, लभ लाइफ, विवाह, सुहागरात, सौता तथा प्रेम र धोकाका बारेमा अन्तरँग कुराकानी ।
  • रात अबेरसम्म बसेर स्यानिटरी प्याडको गुणस्तर, महिनावारीको मिति, बार तथा रजश्वला हुँदाको समस्याका बारेमा एक अर्कामा कुराकानी
  • सोसल साइटमा कुनै नयाँ केटासँग चिनाजानी र कुराकानी । अनि आफ्ना साथीहरुसँग सोधीसोधी उसले गरेका प्रश्नको जवाफ लेख्ने ।
  • आफ्नी साथीको ब्वायप फ्रेण्डलाई अनजान केटी बनेर फोन गर्ने र उसको रेस्पोन्स बुझ्न्।
  • योग, व्यायाम तथा डाइटलाई लिएर गम्भीर चिन्तन गर्ने र एकसाथ सारा नियमहरु मान्ने ।
  • धेरै दिनसम्म केवल चाउचाउ वा ड्राइ फुड्स खाएर बिताउनु ।
  • साथीहरुका लुगा लगाएरै घुम्न तथा पार्टीमा जानु ।
  • क्यान्टिनको खाना नराम्रो भएको भन्दै कचकच गर्नु र आफु आफुमा पैसा जम्मा गरेर बाहिरबाट खानेकुरा मगाउनु ।
  • सबैसँग पैसा जम्मा गरेर कुनै साथीको सरप्राइज बर्थडे पार्टी गर्नु ।
  • होस्टेल वार्डन तथा आफ्नो प्रतिस्पर्धी समूहसँग लुकेर, बँचेर रक्सी पिउनु, चुरोट पिउनु र रंगेहात समातिएमा कान छोपिहाल्नु ।
  • बच्चाजस्तै गरेर नाच्नु ।
  • जस्तो पायो उस्तै कपडा लगाउनु, किनकी त्यहाँ त केवल केटीहरु मात्रै हुन्छन् र लाजको फ्याक्टर कम हुन्छ।

एजेन्सीको सहयोगमा


प्रकाशित : २०७७ भदौ ४ गते ११:५१


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology