लमजुङको बेशिसहर नगर पालिका -९ स्थित साम्दी थापा गाउँमा आज बिहानै ६ बजे चितुवाले एक बालकलाई आक्रमण गर्नासाथ नजिकै रहेका ७० वर्षीय हरिबहादुर थापाले चितुवालाई हँसिया प्रहार गरे ।
अनि थापा र चितुवाबीच केही समय झडप भयो । साहसका साथ चितुवासँग लडेका थापाले अन्तत: चितुवालाई पराजित गरे र चितुवा घटनास्थलमा नै मर्यो । बालक सकुशल छन् । चितुवासँग लडेका थापा भने घाइते भएका छन । अहिले घाइते थापाको प्ररम्भिक उपचार लमजुङ सामुदायिक अस्पतालमा भइरहेको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले जानकारी दिए ।
    
    
    	
							
							
								 
									प्रकाशित :  २०७७ भदौ  ७ गते २३:४४
								
							 
							
						 
					 
    
    
    
    
    							 
						
Facebook Comment