बहुदलीय ब्यबस्थाले दिने के?

कन्दरा संबाददाता
प्रकाशित : २०७७ भदौ ८ गते १७:१३

शिव आचार्य (पूर्वखोला )
पहिलो जनआन्दोलले निर्दलिय पन्चायति ब्यबस्थाको अन्य गरि संबैधानिक राजतन्त्रात्मक बहुदलिय प्रणालीको अभ्यास शुरु भयो नेपालमा बहुदल आएपछि नेपालिले हक अधिकारका कुरा उठाउन पाए,महिला अधिकार पाए स्वतन्त्र आफ्ना बिचार राख्न पाए बिभिन्न दलहरु खोलेर आम जनताका हक अधिकारका एजेन्डा लिएर राजनिती गर्न पाए ।केही हद सम्म सेवा सुबिधा पनि पहिले भन्दा बढि नै पाए ।क्स
दोस्रो जनआन्दोलनले राजा फाल्यो संघीय गणतन्त्रात्मक नेपाल भयो। कागज र बोलचालका भाषामा नेपालले धेरै फड्को मार्यो
तर बहुदलीय ब्यबस्था बाट हासिल गर्नुपर्ने सफलताहरु धुलोमा सियो खोज्दा जसरि खोजे पनि भेट्न मुस्किल छ । बहुदलिय ब्यबस्थामा हुन पर्ने भनेको सबैलाई मिलाएर हिड्नुपर्ने हो अर्थात दुई वा दुईभन्दा बढि दलहरु मिलेर शासन सत्ता निरन्तर सन्चालन गरि जनताका हक अधिकार सुनिश्चित र देश बिकास गर्नु हो तर यहाँ धैरैका आवाज दबाईएको छ। अधिकारबाट बन्चित गराईएको छ । जनताले मनमा लागेका कुरा उल्लेख गर्दा सरकार बिरोधि बनाईएको छ। जुनसुकै पाटि सत्ता मा रहेपनि प्रतिपक्षलाई सत्रुको रुपमा हेरिएको छ। बहुदलीय ब्यबस्थाको बदनाम गराईएको छ बहुदलिय ब्यबस्थाको भावना बिरुद्ध काम गरिएको छ। जसले जनताका हक अधिकारका एजेन्डा लिएर केन्द्रमा पुगे त्यहि पाटि कुर्सीको र पदको भागबन्डामा लागे। आफ्नो पाटि,आफ्नो मान्छे आफ्ना आसेपासे हेर्ने प्रबृत्ति रह्यो। भ्रष्टाचार मौलायो ।बहुदलीय ब्यबस्थाको परिभाषा माफियाकरण र दलालिकरण को उच्चतम रुप हो भन्न मिल्ने अबस्था छ। के यहि हो त बहुदल आएपछि आम जनताले पाउने के ? फेरि तेस्रो जनआन्दोलनको अपेक्षा गरेका छन राजनितीक दलहरुले ?


प्रकाशित : २०७७ भदौ ८ गते १७:१३


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology