फ्युजमेसिन्स इन्क (Fusemachines Inc.) ‘शैक्षिक डिजिटलीकरण अनुदान कार्यक्रम’ घोषणा गर्दछ। यो पहल स्कुलहरुलाई डिजिटल क्षमतासहित सञ्चालन गर्न तयार गरिएको हो। यसमा छानिएका स्कुल वा कलेजहरुलाई प्रतिसंस्था २ लाख ५० हजार रुपैयाँसम्मको गैरनगद अनुदान प्रदान गरिनेछ जुन ‘फ्युज कक्षाकोठा प्लेटफर्म’ प्रयोग गर्नमा प्रयोग हुनेछ।
फ्युज कक्षाकोठाले अहिले कोभिड १९ को प्रभावसँग सामञ्जस्य स्थापित गर्न प्रयासरत नेपालभरिका शैक्षिक संस्थाहरुलाई डिजिटलीकरण गर्न सहयोग पुर्याउँछ। कलेज र विद्यालयहरुलाई पूर्ण अनलाइन कक्षा चलाउन वा मिश्रित विधि प्रयोग गर्न योग्य बनाउने तथा विद्यार्थीहरुलाई ती शैक्षिक संस्थाले यसअघि दिनसक्ने समयभन्दा फरक समयमा कक्षा लिनसक्ने लचकताका कारण यी संस्थाहरुले पर्याप्त लाभ पाइरहेका छन्। नेपालजस्ता विकासशील देशका शैक्षिक संस्थाहरुका लागि यसले विद्यार्थीहरुलाई शिक्षा प्राप्त गर्न सजिलो र कम खर्चिलो बनाउँदै यसलाई प्रभावकारी बनाउन मद्दत गर्नेछ।
नेपालमा दर्ता भएको र कोभिड १९ भन्दा अगाडि १०० भन्दा बढी विद्यार्थीहरुका लागि नियमित कक्षा चलाइरहेका जुनसुकै स्कुल यो अनुदानका लागि योग्य हुनेछ। आवेदनको अन्तिम मिति अक्टोबर १५, २०२० सम्म छ। थप जानकारीका लागि info@fusemachines.com मा इमेल गर्न वा Fuseclassroom.com हेर्न सक्नुहुनेछ।
फ्युजमेसिन्स एआई शिक्षा र प्रतिभा समाधान प्रदायकमा अग्रणी छ। फ्युजमेसिन्सको चार देशमा उपस्थिति छ- नेपाल, अमेरिका, क्यानडा र डोमिनिकन रिपब्लिक। फ्युजमेसिन्स एआईमा आफ्नो विश्वव्यापी दक्षता नेपाल र विश्वभरिका शैक्षिक संस्थाहरुलाई रुपान्तरण गर्न प्रयासरत छ।
प्रकाशित : २०७७ भदौ १५ गते १८:२६
Facebook Comment