कतार सरकारले श्रमिकको न्युनतम पारिश्रमिक वृद्धि गर्यो

बिकाश गैरे , दोहा कतार
प्रकाशित : २०७७ भदौ १५ गते २१:४३

कतार सरकार ले आफ्नो देश मा काम गर्ने श्रमिकको न्यनूतम तलब वृद्धि गर्दै रोजगारदाता परिवर्तन गर्न पाउने पनि निर्णय गरेको छ । कतारले कानून नं १७, २०२० कार्यान्वयन गर्दै अब आप्रवासी कामदारले रोजगारदाताको अनुमति बिनानै रोजगारी परिवर्तन गर्न पाउने भएका छन् ।

कतार सरकारको यो निर्णयलाई अन्तराष्ट्रिय श्रम संगठन (ILO) ले स्वागत गरेको छ । अन्तराष्ट्रिय श्रम संगठन ले रोजगारदाता परिवर्तन गर्न आफूले काम गरिरहेको रोजगारदाताको अनुमति बिना नै पाउने व्यवस्था गरेको छ । यसभन्दा अगाडि रोजगारदाता परिवर्तन गर्न रोजगारदाता को अनुमती लिनुपर्ने थियो । यससँगै खाडी क्षेत्रमा नै भेदभावरहित न्यूनतम ज्याला कार्यान्वयन गरेको पनि जनाएको छ ।

कतारका श्रम मन्त्री युसुफ मोहम्मद अल ओथमन फक्रहुले भने–“कतारपनी आधुनिक र समुन्नत श्रम बजार निर्माणका लागि प्रतिवद्ध छ । कतार भिजन २०३० लाई मध्यनजर गर्दा यो निर्णय महत्वपूर्ण हुने छ जहाँ श्रमिक, रोजगारदाता तथा कतारले लाभ प्राप्त गर्नेछ ।” सरकारी राजपत्रमा प्रकाशित भएपछि ६ महिनाभित्रमा लागु हुने जनाइएको छ ।

अब कतारमा कार्यरत हरेक श्रमिकलाई
कतारमा खाना तथा आवाससहित न्यूनतम तलब १ हजार ८ सय रियाल हुनेछ ।
जस्मा १००० न्युनतम तलब आवासका लागि प्रतिमहिना ५ सय रियाल तथा खानाका लागि ३ सय रियाल रहनेछ ।

यसैगरी नेपाली कामदारहरु को लागि कतार पहिले देखिनै नेपाली रोजगारि को आकर्ष को गन्तव्य थियो भने अब कतार सरकारले न्युनतम तलब तोकेपछि अझ रोजगारीको आकर्षक गन्तब्य बन्नेछ । अहिले कतारमा करिब ३ लाख ५० हजार नेपाली कार्यरत रहेका छन् । जसमध्ये ७५% भन्दा भढी निर्माणको क्षेत्रमा रहेका छन् । यो खबर सङै कतार मा श्रम गर्ने श्रमिक हरु पनि खुशी छन ।https://youtu.be/FA6nbzojVUU


प्रकाशित : २०७७ भदौ १५ गते २१:४३


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology