काेराेना संगै आत्महत्या बढ्दाे

बन्धना पाेखरेल रामपुर
प्रकाशित : २०७७ भदौ २१ गते १९:५२

लेखक बन्दना पोखरेल लेखक पोखोरेल तस्विर आजभोलि लकडाउनको अवधिमा देशभर आत्महत्याका घटना बढेको समाचार आउने गरेको छ । गत आर्थिक वर्ष २०७६/०७७ मा ६ हजार २ सय ८९ ले भदौ पहिलो साता सम्म आत्महत्या गरेका प्रहरी प्रधान कार्यालयको तथ्यांक रहेको छ । लकडाउनको अवधिभरको तथ्याङकलाई मात्रै हेर्ने हो भने पनि विगतको सामान्य अवस्थामा भन्दा यो बेला आत्महत्याका घटना निकै बढेको देखिएको छ । लकडाउनको अवधिमा आत्महत्या गर्नेमा प्रदेश नं १ मा १६६, प्रदेश २ मा १३३, बागमती प्रदेशमा १४२, गण्डकी प्रदेशमा ११६, प्रदेश नं ५ मा २२५, सुदुरपश्मिमा प्रदेशमा १००, उपत्यकाका ४६, जना गरी नेपाल भरमा ९८२ रहेका छन् ।

सबैभन्दा धेरै मानिस झुन्डिएर आत्महत्या गरेका छन । यसरी आत्महत्या गर्नुमा पछिल्लो समय सबै खालका मानसिक तनाव मुख्या कारण मानिएको छ । कोरोना भाइरससँगै जीवन कसरी चलाउने भन्ने डर, त्रास, रोजगारी गुम्नु जस्ता कारणले आत्महत्या बढेको विज्ञहरुको तर्क छ । विभिन्न कारणले आर्थिक संकट विकराल बन्दै जाँदा मानिसमा नैराश्यता उत्पन्न हुने गरेकोले आत्महत्या गर्नेको संख्या बढेको मनोबिज्ञहरुको छ ।

पाल्पा जिल्लाको तत्थ्याङ्ग हेर्ने हो भने चैत्र ११ पछि विभिन्न कारणले आत्महत्या गर्ने को सख्या ३९ जना रहेको छ । जिल्ला प्रहरि कार्यालय पाल्पाका अनुसार चैत्र महिनामा ५ जना, बैशाखमा, ६ जना जेठमा ७ जना असारमा सवैभन्दा वढि १२ जनाले साउनमा ८ जना र भदौ १५ सम्ममा १ जनाले आत्महत्या गरेका छन् । यसरि हेर्दा असारमा आर्थीक कारोवार सगँै जोडिएर होकि धेरैले आत्महत्या गरेको भनि अनुमान गर्न सकिन्छ ।

आत्महत्याको तथ्याङकलाई हेर्दा विष खाएर, हाम्फालेर र झुन्डिएर आत्महत्या गर्नेहरूको संख्या बढेको देखिन्छ । मानिसले किन गर्दछ आत्महत्या यो खोजको विषय बनेको छ । किन बढदै छ आत्महत्या ? विद्यालयमा पढने साना बालवालीका देखि युवा, युवती, वयस्क र वृद्धहरुले समेत आत्महत्या गरेको तथ्यहरु फेला परेको छ ।

तर, लक्षण पहिचान गरि रोकथाममा ध्यान दिन सकेमा आत्महत्यालाई केही हदसम्म नियन्त्रण गर्न सकिन्छ । आत्माहत्या गर्नेहरुका धेरै कारणहरु पाइन्छ । चरम आर्थिक नोक्सानी, असफल प्रेमजस्ता कारणले पनि मानिस आत्माहत्या गर्ने गर्छन । प्राय ः उदास र निराशावादी भावनाका कारण मानिसले आत्माहत्या रोज्छन् । आत्माहत्या गर्ने समयमा मानिसले बाँकी जीवनका लागि कुनै पनि विकल्प देखेका हुदैनन् । अत्याधिक रिसको कारणले पनि मानिसले आत्महत्या गर्ने गर्छन् ।

सहन नसक्ने घट्ना, गम्भीर रोग,अपमानबोधका कारणले पनि मानिसले आत्महत्याको बाटो रोज्ने गर्छन् । कतिपय आत्महत्या वंशानुगत कारणले पनि हुने गर्छ । आत्महत्या गर्ने परिवारको इतिहासले पनि मानिसले आत्महत्या गरेको पाइन्छ । काममा असुरक्षा, असन्तुष्टि, निरन्तर दुव्र्यवहारको सामनाका कारण पनि मानिस आत्महत्याको निर्णयमा पुग्छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार बर्षेनी विश्वमा ६ लाख ५० हजार मानिसले आत्महत्या गर्ने गरेको तथ्याङ छ । बिश्वमा सबै भन्दा बढी आत्महत्या गर्ने देश जापान रहेको छ ।

आत्माहत्या गर्ने मानिसहरुमा पहिलानै लक्षणहरु देखिन्छ । अत्यन्तै धेरै वा कम सुत्ने हुन्छन । यस्तो मानिस चिन्तित र उत्तेजित हुन्छन् । आत्महत्याबारे सोचेको मानिस अत्यन्त निराशाजनक हुन्छ र हरेक क्षण एक्लोपनको महसुस गर्छ । सामाजिक कार्यमा सहभागी हुन नचाहने, नहुने, कोहीसँग बोल्न आवश्यक नठान्नेजस्ता लक्षण पनि देखाउने गर्छन् । यस्ता मानिसले स्वयमलाई हानी गर्ने विधि पनि खोजि गरिरहेका हुन्छन् । विश्व स्वास्थ्य संगठनका तथ्यांकअनुसार आत्महत्या गर्नेमा नेपाल विश्वको साताँै स्थानमा पर्छ । महिलाको तथ्यांकलाई हेर्ने हो भने नेपाल तेस्रो देश हो । विश्वभरको तथ्यांकले पुरुषमा ४५ र महिलामा ५५ बर्षपछि आत्महत्याको सम्भावना बढ्ने गरेको देखाउँछ । आत्महत्या गर्नका कारण त किटान गर्न सकिदैँन, तर अनुसन्धानले मानसिक रोगका कारण ९० प्रतिशतले आत्महत्या गर्ने गरेका छन् । डिप्रेसन आत्महत्या गर्न सघाउ पु-याउने प्रमुख मानसिक रोग हो । त्यस्तै बाइपोलार डिस्अर्डर, स्किजोफेनिजाजस्ता मानसिक रोगीहरुले पनि आत्महत्या गर्ने गर्छन् ।

विश्व स्वास्थ्य संगठनका अनुसार बर्षेनी विश्वमा ६ लाख ५० हजार मानिसले आत्महत्या गर्ने गरेको तथ्याङ छ । बिश्वमा सबै भन्दा बढी आत्महत्या गर्ने देश जापान रहेको छ । अहिले नेपालमा आत्महत्या गर्नेको संख्या बढदो छ । नेपालमा प्रत्येक २ घण्टामा एकजनाले आत्महत्या गर्ने गरेको तथ्य फेला परेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार आत्महत्या गर्नेमा नेपाल विश्वको सातौं स्थानमा पर्न आउछ । महिलाको आँकडालाई हेर्दा त तेस्रो स्थानमा पर्न आउँछ ।

विशेषगरी परिवारका सदस्यले नै आत्महत्याको लक्षणलाई पहिचान गरेर उत्प्रेरणा जगाउन आवश्यक हुन्छ । लक्षण देखाउँने व्यक्तिसँग लामो समय रहन पनि आवश्यक हुन्छ । यस्ता व्यक्तिलाई नियमित ध्यान गराउनुपर्छ । ध्यानले नकारात्मक विचारबाट प्रभावित हुनबाट जोगाउनुका साथै जिउने कलाको विकास गराउँछ । यस्ता प्रकारका मानिसलाई लागुपदार्थ र माद्यपानको लतमा फसेको भए तत्काल मुक्त गर्न प्रयास गर्नपर्छ ।

आत्महत्याको लक्षण पहिचान गरेर रोकथाम गर्नु निकै चुनौतीपूर्ण कार्य हो । सामान्यतया आत्महत्या लक्षण देखिनासाथ सम्बन्धित व्यक्तिलाई उचित शारीरिक, मानसिक परामर्श दिनुपर्छ । त्यति गर्दा पनि जीवनशैलिमा परिवर्तन आएन भने मनोचिकित्सकसँग सल्लाह लिई उपचार गर्नुपर्छ । मनोवैज्ञानिक भन्दछन–कुनैपनि मानिसले जीवनमा कुनै न कुनै वेला आत्महत्याको सोचाइ राखेको हुन्छ । मानव मस्तिष्कमा चौविसै घण्टा राम्रा विचार मात्र सिर्जना हुदैन । कतिपय वेला उसको मस्तिष्कमा आफ्नो जीवनको हरेक क्षणलाई समेटन नसकि मृत्युनै उसले मुख्यबाटो अपनाउन खोज्दछ । त्यसैले कुनै आत्मवल कमहुने व्यक्तिमा त्यस्तो सोचाइ उत्पन्न हुनासाथ उ तुरुन्त आत्महत्या गर्नेतर्फ लाग्दछ । आत्महत्याको सोचाइ गरिरहेको बेलामा साथीभाई अथवा अन्य मानिसको भेटवार्ताबाट पनी समयलाई गुजार्न सक्यो भने त्यो मानिस आत्महत्याबाट बच्न सक्छ । यसरी आत्महत्याको क्रम बढी रहदा एउटा प्रश्न सधै अधुरो रहने गर्दछ,आखिर किन गर्दछन मानिसहरु आत्महत्या ? आत्महत्या गर्नेहरुमध्य गरिवी,पारिवारिक कलह,अधुरो प्रेम,आर्थीक असफलता जस्ता कारणबाट मानिस आत्महत्या गरेको देखिन्छ । यस्तै प्रतिष्ठा कायमराख्न नसक्दा,व्यापार व्यवसायमा घाटा, आर्थीक भार, आफन्तको शोक, परिवारको मृृत्यु, दैविप्रकोप, आपत्कालिन अवस्थामा आत्महत्या गर्ने गरेको पाईन्छ ।

सामान्यतया आत्महत्या लक्षण देखिनासाथ सम्बन्धित व्यक्तिलाई उचित शारीरिक, मानसिक परामर्श दिनुपर्छ । त्यति गर्दा पनि जीवनशैलिमा परिवर्तन आएन भने मनोचिकित्सकसँग सल्लाह लिई उपचार गर्नुपर्छ

आत्महत्या निरुत्साहित गर्न समाजले पनि ख्याल गर्नु पर्ने र परीवार र साथिभाई सगँी आफन्तले ध्यान दिनु र्पदछ । आत्महत्या गर्ने व्याक्तिले अलि फरक व्यावहार देखाउने गर्दछन् । खास गरि मानिस आएको व्यावहार अनुसार उनिहरुलाई हौसला र सहयोग गर्नु र्पदछ । कति पय बृद्धहरुपनि आत्महत्या गरिरहेका हुन्छन् जिबनको उत्तरर्रधमा पनि जबकि उनिहरुको उमेरनै पनि अन्तिम भैसकेको हुन्छ र पनि आत्महत्या रोजेका हुन्छन् जसको कारण परिवारको हेला हेय र असहयोग खान लाउन समस्या भएका कारण पनि आत्महत्या गरिरहेका छन् भने महिलाहरुमा घरेलु हिंसाका कारण पनि सहन नसकेर आत्महत्या गरेका छन् । महिलामा आत्मविश्वासको कमी र आर्थीक रुपमा सक्षम नहुनु आत्महत्याको कारण हो ।

यसको निरुत्साहित गर्नका लागि सवैले आफ्नो आफ्नो तर्फ वाट लागि र्पनु पर्ने देखिन्छ । अहिले कोभिड १९ का कारण र्अथतन्त्र कमजोर बनेको छ । कमजोर अर्थतन्त्रको कारण गरिव भोकमरि जस्ता कारण न काम न माम का कारण आत्महत्या गर्नेको सख्या बढ्न सक्ने देखिन्छ यसको लागि सम्वन्धीत सवैले ध्यान दिनु पर्ने देखिन्छ । कोरोना भाईरका कारणले भन्दा अन्य कारण आत्महत्या गर्नेको सख्या बढि भएका कारण हामी कोरोनाको मात्र पछि दैडनु भन्दा भयाबह बन्दै गएको आत्महत्याका बारेमा जनचेतना जगाउन पर्ने देखिन्छ ।


प्रकाशित : २०७७ भदौ २१ गते १९:५२


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology