संचारकर्मी तथा सर्जक सन्तोष बस्यालको ११ औ सांगितिक कोशेली बजारमा

कन्दरा सम्बाददाता
प्रकाशित : २०७७ भदौ २१ गते २३:००

संचारकर्मी तथा सर्जक सन्तोष बस्यालको ११ औ सांगितिक कोशेली बजारमा आएको छ । चार बर्षको अन्तरालमा ज्यानमाया नामक दोहोरी गित मार्फत बस्यालको गायनमा पुनरागमन भएको हो । यस अघी पप, आधुनिक तथा फिल्मी गित मार्फत बस्यालले सांगितिक दुनियामा पाइला बढाउदै आएका थिए । संचार क्षेत्रमा लामो समय देखी कृयाशिल बस्यालले गाउनेका अलावा शब्द लेख्ने तथा संगित भर्ने काम समेत गर्दै आएका छन । सर्जक बस्यालले सांगितिक क्षेत्रमै पन्ध्र बर्ष बिताई सकेका छन । संगित तथा भिडियोग्राफीको पढाइ समेत गरेका बस्यालको मुख्य पेशा पत्रकारिता तथा भिडियोग्राफीनै रहेपनी बेला बेलामा गाउने समेत गर्दै आएका छन । ७०० भन्दा बढी म्युजिक भिडियो निर्माण गरेका उनले एक दर्जन बढी साना ठुला चलचित्र समेत निर्माण गरेका छन । दोभान नामक चलचित्रमा गित, संगित, छायांकनको भुमिका निर्वाह गरेका उनको सो चलचित्र उक्त समयमा निकै सफल रहेको थियो । गित संगित र संचारकर्म संग संगै अघी बढाएका बस्यालले भर्खरै सार्बजनिक सांगितिक कोशेली ज्यानमायामा पनी शब्द, संगित, स्वर, भिडियो छायांकन तथा सम्पादन आफै गरेका छन । सि टिभि नेपाल युटुब च्यालन मार्फत सार्बजनिक गितमा बस्यालका अलावा शान्ती हितंगाको पनी महिला आवाज रहेको छ । बिशेषत माया प्रितीमा आधारित उक्त गित युवा पुस्ता लक्षित रहेको गायिका हितंगाले बताइन । गितबाट धेरै आशा रहेको हितंगाको भनाइ रहेको छ । रुपन्देहीको देबदहमा छायांकन गरिएको गितको भिडियोलाइ प्रेम गुरुङ्गले निर्देशन गरेका छन भने भिडियोमा प्रेमका अलावा मोहन गुरुङ्ग, बर्षा र रेबिनाले कम्मर मर्काएका छन । सांगितिक क्षेत्रमै कृयाशिल रहेपनी गाएनमा लामो समय पछि आएका बस्यालले गितबाट धेरै अपेक्षा राखेको बताउछन ।
भिडियो हेर्न यो लिंकमा क्लिक गर्नुहोस ।संचारकर्मी तथा सर्जक सन्तोष बस्यालको ११ औ सांगितिक कोशेली बजारमा आएको छ । चार बर्षको अन्तरालमा ज्यानमाया नामक दोहोरी गित मार्फत बस्यालको गायनमा पुनरागमन भएको हो । यस अघी पप, आधुनिक तथा फिल्मी गित मार्फत बस्यालले सांगितिक दुनियामा पाइला बढाउदै आएका थिए । संचार क्षेत्रमा लामो समय देखी कृयाशिल बस्यालले गाउनेका अलावा शब्द लेख्ने तथा संगित भर्ने काम समेत गर्दै आएका छन । सर्जक बस्यालले सांगितिक क्षेत्रमै पन्ध्र बर्ष बिताई सकेका छन । संगित तथा भिडियोग्राफीको पढाइ समेत गरेका बस्यालको मुख्य पेशा पत्रकारिता तथा भिडियोग्राफीनै रहेपनी बेला बेलामा गाउने समेत गर्दै आएका छन । ७०० भन्दा बढी म्युजिक भिडियो निर्माण गरेका उनले एक दर्जन बढी साना ठुला चलचित्र समेत निर्माण गरेका छन । दोभान नामक चलचित्रमा गित, संगित, छायांकनको भुमिका निर्वाह गरेका उनको सो चलचित्र उक्त समयमा निकै सफल रहेको थियो । गित संगित र संचारकर्म संग संगै अघी बढाएका बस्यालले भर्खरै सार्बजनिक सांगितिक कोशेली ज्यानमायामा पनी शब्द, संगित, स्वर, भिडियो छायांकन तथा सम्पादन आफै गरेका छन । सि टिभि नेपाल युटुब च्यालन मार्फत सार्बजनिक गितमा बस्यालका अलावा शान्ती हितंगाको पनी महिला आवाज रहेको छ । बिशेषत माया प्रितीमा आधारित उक्त गित युवा पुस्ता लक्षित रहेको गायिका हितंगाले बताइन । गितबाट धेरै आशा रहेको हितंगाको भनाइ रहेको छ । रुपन्देहीको देबदहमा छायांकन गरिएको गितको भिडियोलाइ प्रेम गुरुङ्गले निर्देशन गरेका छन भने भिडियोमा प्रेमका अलावा मोहन गुरुङ्ग, बर्षा र रेबिनाले कम्मर मर्काएका छन । सांगितिक क्षेत्रमै कृयाशिल रहेपनी गाएनमा लामो समय पछि आएका बस्यालले गितबाट धेरै अपेक्षा राखेको बताउछन ।
भिडियो हेर्न यो लिंकमा क्लिक गर्नुहोस । https://www.youtube.com/watch?v=KMliSS4_kjU


प्रकाशित : २०७७ भदौ २१ गते २३:००


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology