मलमास के हो ? मलमास कल्ले बार्नु पर्छ ?

कन्दरा सम्बाददाता
प्रकाशित : २०७७ भदौ ३१ गते १६:३३

लेखक ज्योतिष विद्यार्थी नारायण अाचार्य एउटै महिनामा दुईवटा औंसी परे भने त्यसलाई मलमास भनिन्छ। असोज १ देखि ३० गते सम्म मलमास परेको छ

यसलाई अरु विभिन्न नाम जस्तै पुरुषोत्तम मास पनि भनिन्छ । अतः पञ्चांग गणनाको सूर्यमान अनुसार वर्षमा ३६५ दिन, १५ घडी, ३१ पला र ३० विपला हुन्छ जब कि चन्द्रमान अनुसार वर्षमा ३५४ दिन, २२ घडी, १ पला र २३ विपला हुन्छ ।

सूर्य तथा चन्द्रमानबीच वर्षमा १० दिन ५३ घडी, ३० पला एवं ७ विपलाको अन्तर हुने गर्छ । यसै अन्तरलाई समायोजित गर्नका लागि अधिक मासको व्यवस्था गरिएको पाइन्छ । अधिक मास प्रत्येक तीन वर्षमा एकपटक आउँछ । यो फागुनदेखि कात्तिकको बीचमा पर्ने गर्छ । जुन वर्ष अधिक मास पर्छ त्यो वर्ष १२ को स्थानमा १३ महिना हुन्छ ।

अधिक मासको निर्णय सूर्य सड्क्रान्न्तिको आधारमा गरिन्छ । जुन महिनामा सूर्य सड्क्रान्न्ति हुँदैन त्यसलाई अधिक मास भनिन्छ । ज्योतिषशास्त्र अनुसार जुन चन्द्रमास भित्र सूर्य सक्रान्ती पर्दैन त्यसलाई अधिकमास भनिन्छ ।
अधिकमासमा भगवान नारायणको पूजा गरिने र अधिकमासमा माहात्म्य वा कथा सुन्ने र दान गर्ने परम्परा रहेको छ । यसो गर्नाले सम्पूर्ण पापहरू नष्ट हुन्छन भनेर कथामा बताईएको छ । अधिक मासमा कुनै पनि शुभ कर्महरू वा साईतहरू हुदैनन् । यसै हुनाले महिनाभरी कुनै पनि विवाहादि कार्य व्रतवन्ध लगायतका कुनै पनि कार्यहरू छैनन । दैनिक रूपमा गर्दै ल्याईएका कर्महरू जस्तो नित्य पाठपूजा गर्नलाई चाहि कुनै छेकथुन हुदैन ।

नोट : अहिलेको मलमास अन्य बर्षको जस्तै साधारण छ । त्यसैले एकपटक बारेकाले अहिले बार्नु पर्दैन ।।

नव बिवाहित महिलाले पहिलो पटक बार्नुपर्ने हुन्छ ,
(नोट: कस्को लागि बार्ने ?:सासू-ससुरा-श्रीमान-जेठाजु )
व्यक्ति बिशेष भन्दा पनि मलमासमा श्रीमानको घरधुरीमा बस्न र देख्न हुन्न त्यसैले यो समय नव बिवाहित महिलाले घरबाट पर आफ्नो माईती घर वा माईत तिरको मावली सानिमा घरमा बस्न हुन्छ ।


प्रकाशित : २०७७ भदौ ३१ गते १६:३३


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology