राजनैतिक आफ्नो भकारी भर्ने काममा होईन देशको समृद्धि र जनताको हकहितको नाउँमा गरौ !

Kandara News
प्रकाशित : २०७७ असोज ५ गते २०:५६

लेखक शिव आचार्य

राजनीति दुई शब्द राज + नीतीको समूह
हो। (राजको अर्थ भनेको प्रशासन र नीतिको अर्थ भनेको सही समयमा सही काम गर्ने कला हो)
अर्थात् कुनै विशेष नीति मार्फत चलाउनु वा कुनै खास उद्देश्य
हासिल गर्नुलाई राजनीति भनिन्छ। अर्को शब्दमा भन्नु पर्दा
जनताको सामाजिक र आर्थिक स्तर (सार्वजनिक जीवनस्तर)
उकास्नु राजनीति हो। नागरिक स्तर वा व्यक्तिगत स्तरमा एक विशेष
प्रकारको सिद्धान्त र व्यवहारलाई राजनीति भनिन्छ। संकुचित अर्थमा
भन्नुपर्दा, सरकारमा पद पाउन र सरकारी पद प्रयोग गर्नु
राजनीति हो। हाल नेपालमा ७५% यहि संकुचित अर्थको आधारमा मात्र राजनीति चलिरहेको छ राजनीतिमा राजनीतिक
दृष्टिकोणलाई अगाडि बढाउने, कानून बनाउने, विपक्षीहरूको बिरूद्ध
लडाई जस्ता धेरै अवसरहरू अपनाइन्छन्। राजनीति धेरै तहमा हुन
सक्छ – परम्परागत गाउँको राजनीति देखि स्थानीय
सरकार, सार्वभौम राज्य,जनताको हकहितमा वा अन्तर्राष्ट्रिय स्तर। जसको विवरण विश्वको सब भन्दा पुरानो सनातन धर्म
ग्रंथमा राजनीतिको शुरुवात रामायण कालदेखि नै भएको देखिन्छ ।महाभारत महाकाव्य राजनीतिको सबैभन्दा बताउने उदाहरण हुन् । राजनीतिप्रति
जनताको नकारात्मक धारणा सामान्यतया देखिन्छ ।यसको कारण हो राजनीति त भयो तर देश र जनताको हक र हितमा कम भयो ,यहाँ राजनीति भयो त आफू भन्दा निर्बलियो माथि भयो। राजनीतिमा उत्रिएका ब्यक्तिहरु सुरुमा जनताको राजनीतिज्ञ भएर जन्मिन्छन जनताका हकहितका कुरा गर्छन् अनि पद र पावर पाएपछि आफ्ना निम्ति राजनीति गर्छन । के आफ्नो भकारी भर्ने राजनीति गरेर देशमा समृद्धि आउछ र ? राजनीति गरौ तर आफ्नो भकारी भर्ने र सोझा साझा जनतालाई थिलो पार्ने राजनीति नगरौ ।


प्रकाशित : २०७७ असोज ५ गते २०:५६


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology