असोज १४
पूर्वखोलाको -३ को अर्खलडाडामा १ घर १ धाराको लागि तीन मुल सहित तीन टोल को विभाजन गरि समिती गठन गरेको छ । जम्मा ३ वटा टोल गरि विभाजन गरि खानेपाली यसै बर्ष सम्म्पन्न हुने गरि अगाडि बड्ने प्रदेश सामसद नारायण प्रसाद  आचार्याले जानकारी गराउनु भयो । आचार्यले जन उज्ज्वल आधारभुत विध्यालय अर्खलडाडाको दक्षिण तर्फको भाग पहिरो को कारण क्षेती भएको छेत्रमा पालिका संग समन्यन गरेर यसको नियन्त्रमा लागि पर्न पहल गर्ने वताउनु भयो । उहाको प्रदेशको गौरवको आयोजनाको रुपमा रामपुर -रोल्पा  सडक खण्ड  अगाडि बढेको र त्यसको डिपिआर गर्ने काम अगाडि  बढेको जानकरी गराउनु भयो । स्थानिय सरकार र प्रदेश सरकर र केन्द्र सरकार तिनै तह मिलेर अघि विकास निर्माणमा अघि बढेको उहाले  वताउनु भयो । 
कार्यक्रममा पूर्वखोला गाउँपालिका अध्यक्ष नुन बहादुर थापाले अर्खलडाडा गाउलाइ १,२,३ गरि ३ टोलमा यस अघि विभाजन गरेर त्यही अनरुप प्रदेश सरकारको सहयोगमा २ न क्षेत्रको ५२ घरलाइ सुरुवात गरेको र सो काम सम्पन्न भै नसेकोले यस बर्ष गाउपालिकाले  निरन्त्रता देने गरि यस बर्ष ३ लाख रकम विनियोजित गरेको जानकारी गराउनु भयो । र बाकी रहेको २ क्षेत्रको लागि खानेपानी डिभिजन कार्यालयले हेर्ने गरि काम तत्काल सुरु हुने गरि काम सुर्वात गर्ने वताउनु भयो । पालिका अध्यक्ष थापाले निर्वाचित भै सकेपछी जति दुर्त गतिमा काम गर्न नसेपनी काम हरु सुरुवाती चरणमा रहेको  घोषणा गरे अनुरुपको काममा पूरा हुने कुरा बताउनु भयो ।
वडा न ३ का वडा अध्यक्ष निलकण्ठ भट्टराइले यस बर्ष वडाको विभिन्न क्षेत्रहरुमा खानेपानी सुरुवात हुने र केही ठाउँ मा १ घर १ धारा पूरा हुने बताउनु भयो ।
 क्षेत्र २ को काम गत बर्ष सुरुवात भै सकेको छ जस्को उपभोक्ता समितिको अध्यक्षमा पूर्ण बहादुर फाल हुनुहुन्छ  त्यस्तै क्षेत्र १ मा हुम बहादुर आले र क्षेत्र ३ मा मान बहादुर बारघरे  अध्यक्षमा छनोट  भएको छ । जिल्ला खानेपानी प्राविधिक शोभाखर अधिकारी ले १ क्षेत्रको स्टेमेट भै सकेको र  बाकी रहेको अर्को क्षेत्रको प्राविधिक स्टेमेट छिटै  हुने  वताउदै छिटै काम सुर्वात गर्न  आवश्यक पकृया बढाउन उपभोक्ता समितिलाइ  आग्रह गर्नु भयो ।
अर्खलडाडामा जम्मा १४४ घरको लागि खानेपानी लागि सर्बे भएको थियो ।
 कार्यक्रम डिल्ली पंगेनिको संचालनमा  बह्रादेवी खानेपानीका अध्यक्ष हुम बहादुर आलेको अध्यक्षतामा  सम्पन भएको हो ।
    
    
    	
							
							
								 
									प्रकाशित :  २०७७ असोज  १४ गते १५:५१
								
							 
							
						 
					 
    
    
    
    
    							 
						
Facebook Comment