रिब्दिकोट , पाल्पा ,कार्तिक २३  रिब्दिकोटमा सिसि क्यामेरा र स्वास्थ्य मापदण्डका साथ कक्षा ११को परीक्षा संचालन।
  रिब्दिकोट गाउपालिकाले कोविड -१९ का कारण स्थगित रहेको परीक्षा  होम सेन्टरमानै स्वास्थ्य मापदण्ड पालना गर्दै परीक्षा संचालान गरेको रिब्दिकोट गाउपालिका शिक्षा अधिकृत मणि खनालले जानकारी गराउनु भयो । उहाले पालिका भरी जम्मा ७ विध्यालयमा कार्तिक १९ गते बाट कार्तिक २८ गते सम्म संचालन हुने उहाले बताउनु भयो । सबै विध्यालयम ८ बजे देखि ११ बजे सम्म परिक्षा हुने शिक्षा अधिकृत खनालले जानकारी दिनु भयो ।
 भवानी माध्यमिक विद्यालय रिब्दीकोट–५,कुसुमखोलाले  परिक्षामा  स्वास्थ्य सुरक्षाको उपायहरु अपनाई परीक्षा भइरहेको बताउनु भयो । प्रत्येक कक्षामा सिसि क्यामेराको प्रयोग गरी निरीक्षण समेत गरीएको  विध्यालयका प्रध्यानाध्यापक रुद्र प्रसाद आचार्यले जानकरी गराउनु भयो । विध्यालयले  परीक्षा हुनु भन्दा अगाडि विध्यार्थीको जोरो नापेर परीक्षा हलमा प्रबेश गराउने र दुरि कायम गरि बसाइ व्यवस्थापन गरेको   प्रध्यानाध्यापक आचार्यले बताउनु भयो । ( तस्विर अर्जुन आचार्य भवानी मा वि शिक्षक )
( तस्विर अर्जुन आचार्य भवानी मा वि शिक्षक )
    
    
    	
							
							
								 
									प्रकाशित :  २०७७ कार्तिक  २३ गते ११:३०
								
							 
							
						 
					 
    
    
    
    
    							 
						
Facebook Comment