पाल्पा पूर्वखोलाका ५१ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु

कन्दरा सम्बाददाता
प्रकाशित : २०७७ मंसिर २ गते १७:०३

 

१ मंसिर २०७७,सोमबार १७:२७
पाल्पा — पाल्पामा थप एकजना कोरोना संक्रमितको सोमबार मृत्यु भएको छ ।

पाल्पा को पूर्वखोला गाउँपालिका–३ का ५१ वर्षीय पुरुषको उपचारका क्रममा काठमाडौंस्थित बिएण्डबी अस्पतालमा मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

कोरोना पुष्टि भएपछि केही दिन लुम्विनी मेडिकल कलेज तानसेनमा उपचार गरेर स्वथ्यमा सुधार आए संगै होम आइसोलेशनमा बस्नुभएका उक्त पुरुषलाई स्वास्थ्यमा थप समस्या आएपछि पुन लुम्विनी मेडिकल कलेज प्रभासमा लगिएको थियो । स्वास्थ्यमा थप समस्या आए संगै आइतबार मात्रै काठमाडौं लगिएको थियो । उहाँको उपचारका क्रममा सोमबार मृत्यु भएको हो ।

पुरुषमा कात्तिक १२ गते कोनोना पोजेटिभ देखिएको थियो । यो संगै पूर्वखोलामा कोरोना बाट अहिले सम्म ३ जनाको मृत्यु भएको छ । यस अघि पूर्वखोला -१ का एक पुरुष र पूर्वखोला -३ की एक महिलाको मृत्यु भएको थियो ।


प्रकाशित : २०७७ मंसिर २ गते १७:०३


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology