नारी

Kandara News
प्रकाशित : २०७७ मंसिर ७ गते २१:४०

सृष्टिकी गाथा हुन नारी
नारी हुन दयाकी सागर ।
जसले नारीको गर्दछ ईज्जत
उसकै प्रगती निरन्तर ।।

थाक्दिनन नारी कहिल्यै
दु: ख कै पहाड चढ्दा पनि ।
भाग्दिनन नारी डराएर
पिडाले जति घेर्दा पनि ।।

नारी हुन आफू रित्तिई
मायाँ र स्नेह खन्याउने ।
निस्वार्थ भाव राखेर
मायाँ र ममता फैलाउने ।।

नारी हुन काली भगवती
नारी हुन लक्ष्मी सरस्वती ।
जसको घरमा पुजिन्छन नारी
उनकै हुन्छ उन्नति ।।


प्रकाशित : २०७७ मंसिर ७ गते २१:४०

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology