रम्भाको टिम्मुरडाँडा,झाँगीदिपमा जीप दुर्घटना,दुई जना घाइते

कन्दरा न्युज प्रतिनिधि
प्रकाशित : २०७७ मंसिर ८ गते २१:२३

मंसिर ८,सोमबार
रम्भा गाउपालिका वडा न-२,टिमुरडाँडा,झाँगिदिपमा जीप दुर्घटनामा परि दुई जना घाइते भएका छन ।
फोक्सिङकोटकै बोरेङ्सेमा मलामीहरुलाई छाडेर फर्कने क्रममा लु १ ज २१६३ नम्बरको जिप साँझ ४:३० बजे तिर दुर्घटना भएको हो । दुर्घटनामा परि गाडी चालक रम्भा-२ का खुम बहादुर सुनारी र सह-चालक सोही स्थानका दिपेश सिंजाली घाइते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । जिप फोक्सिङ्कोटको नम्ताह र झोकेदी बिच मा पर्ने टिमुरडाँडा नजिकै पहराबाट लगभग १०० मिटर तल खसेको छ । घाइतेहरुलाई स्थानियद्धारा उद्धार गरि अस्पताल लगिएको स्थानीय मंगल देवि प्रा.वि.,का शिक्षक याम बहादुर थापाले बताउनुभयो । घाईतेहरुको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भईरहेको पाल्पा प्रहरीले बताएको छ,प्रहरीका अनुसार घाईतेहरुको अवस्था मध्यम रहेको छ ।


प्रकाशित : २०७७ मंसिर ८ गते २१:२३


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology