पूर्वखोलाले अपाङ्गता भएका व्यत्तिलाइ सहयोगी सामाग्री वितरण गर्यो

डिल्ली राज पंगेनी
प्रकाशित : २०७७ मंसिर १८ गते १९:३२

अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसर पारेर पूर्वखोला गाउँपालिकाले साहारामा रहनुपर्ने शारिरीक अपाङ्ता भएका व्यक्तिहरुलाई सहयोग सामाग्री हस्तान्तरण गरेको छ ।
सो अवसरमा पुर्वखोला गाउँपालिका भित्र बस्ने शारिरीक अपांग नागरिकहरुलाई १२ ओटा ह्विलचियर १४ ओटा चस्मा , २७ ओटा लौरी १३ ओटा बैशाखी वितरण गरिने पूर्वखोला गाउँपालिका उपाध्यक्ष भागरथी भट्टराईले बताउनुभयो । आज मंसिर १८ गते वडा नं. ३ र ६ मा पूर्वखोला गाउँपालिका अध्यक्ष , उपाध्यक्ष , प्रमूख प्रशासकीय अधिकृत सहितको उपस्थितीमा सामाग्री वितरण गरिएको छ भने बाँकी रहेका स्थानहरुमा सम्बन्धित वडा मार्फत वितरण गरिने समेत उपाध्यक्ष भट्टराईले जानकारी गराउनु भयो । घरमै आएर सहयोग सामग्री वितरण गरेकोमा खुशी हुँदै आफुलाई त्यसको साहारामा दैनिक जीवनयापन गर्न सहज हुने कुरा लाभान्वित मध्येका एक हेक्लाङ्गका बल बहादुर सारुले बताउनुभयो ।( तस्विर स्रोत भरत सिंजाली / सामाजिक संजाल )


प्रकाशित : २०७७ मंसिर १८ गते १९:३२


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology