शिशुलाई जन्म दिएर बेवारिसे फाल्ने युवतीलाई प्रहरीले पक्राउ गरेको छ ।

Kandara News
प्रकाशित : २०७७ मंसिर २५ गते १७:००

नौँ महिना कोखमा राखेर शिशुलाई जन्म दिएपछि बगनासकाली–१, खोरबारीस्थित खोल्सामा शिशुलाई फाल्ने युवतीलाई पाल्पा प्रहरीलेमंगलबार पक्राउ गरेको हो । पक्राउ पर्ने युवती तानसेन–१४, बस्ने २४ वर्षकी हुमाकुमारी दर्जी रहेको प्रहरीले जनाएको छ । गर्भवती तीमहिलाले शिशु छोरालाई जन्म दिएर बगनासकाली–१, खोरबारी हेल्थपोष्ट नजिकै फालेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। प्रहरीले गत मंसिर १८ गते मृत शिशुलाई फेला पारेको थियो । थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।


प्रकाशित : २०७७ मंसिर २५ गते १७:००


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology