गौतमबुद्ध कप : पहिलाे खेल नै सुपर ओभर मा धकेलियो

Kandara News
प्रकाशित : २०७७ मंसिर २७ गते २२:००

गौतम बुद्ध अन्तरास्ट्रिय किरक्रेट रङ्गासालामा भएको खेलमा नारायणीले बागमतीलाइ सुपर ओभरमा पराजित गर्यो ।
गौतम बुद्ध कप चितवनको गौतम बुद्ध रङगसालामा मंसिर २७ गते( आज ) देखि मंसिर ३० गते सम्म संचालन हुनेछ ।
आजको खेल यस्तो रह्यो
सुपर ओभर’मा नारायणीले दिएको २६ रनको लक्ष्य पछ्याएको बागमतीले ६ बलमा २० रन बनायो । उसका लागि कप्तान ज्ञानेन्द्र मल्लले अविजित १९ रन बनाए ।
यसअघि ‘सुपर ओभर’मा पहिला ब्याटिङ गरेको नारायणीले ६ बलमा २५ रन बनायो । उसका लागि चार छक्काको मद्दतमा करन केसी एक्ललै २५ रन बनाए ।
त्यसअघि बागमतीले दिएको १ सय १८ रनको लक्ष्य पछ्याएको नारायणीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ११७ रन बनाउँदा खेल सुपर ओभरमा धकेलिन पुग्यो ।
उसका लागि आराफि शेखले ४४, इशान पाण्डेले १३, कप्तान सुभाष खकुरेलले ११, सिद्धान्त लोहनीले अविजित २० रन बनाए ।
बलिङमा सोमपाल कामीले सर्वाधिक २ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको मौका पाएको बागमतीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय १७ रन बनायो । यसका लागि राशिद खान र बिक्रम सोबले ब्याटिङ गरे ।राशिदले २२ बलमा २ छक्का र एक चौकासहित २२ बलमा २७ र बिक्रमले ३१ बलमा ३ छक्का र २ चौकासहित अविजित ३७ रनको योगदान दिए ।
त्यस्तै, सुनिल धमालाले पनि ३२ बलमा ३ छक्का र २ चौकासहित ३७ रन बनाए । बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् ।

आज बागमती टिमका रहेका भरपर्दा ब्याट्सम्यान भने सस्तैमा आउट भए । पहिलो म्याचमा टिम कप्तान ज्ञानेन्द्र मल्ल ५, प्रदीप ऐरी ४, रोहितकुमार पौडेल , पवन सराफले एकएक, अनिलकुमार शाह र सोमपाल कामी शून्यमै आउट भए ।

बलिङमा साहब आलमले ३, दिपेश श्रेष्ठले २, सुशन भारी, किशोर महतो र करण केसीले एक/एक विकेट लिए


प्रकाशित : २०७७ मंसिर २७ गते २२:००


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology