भाषा शिक्षकहरुका लागि अनलाइन अभिमुखीकरण तालिम सम्पन्न

Kandara News
प्रकाशित : २०७७ मंसिर २९ गते १९:२४

भुपाल आले मंसीर २६

पाल्पा भाषा शिक्षकहरुका लागि अभ्यास पुस्तिका सम्बन्धी छ दिने अनलाइन अभिमुखीकारण तालिम सम्पन्न भएको छ । रुम टु रिड नेपालको आर्थिक तथा प्राविधिक सहयोग, बेस नेपालको व्यवस्थापन र शिक्षा तथा समन्वय इकाई पाल्पाको समन्वयमा जिल्लामा सञ्चालन भएको साक्षरता कार्यक्रम अन्र्तगत विद्यालयका भाषा शिक्षकहरुका लागि अनलाइन अभिमुखीकरण तालिम सम्पन्न भएको हो ।
कोभिड १९ का कारण जिल्लाका विद्यालयहरु लामो समय बन्दपछि खुलेको अवस्थामा विद्यार्थीहरुको शैक्षिक क्षती कम गर्न कक्षाकोठामा अपनाइने शिक्षण रणनीति, अभ्यास पुस्तिकाका विषयमा अभिमुखीकरण गरिएको थियो । अभिमुखीकरण तालिममा विद्यालर्थीहरुको सिकाई उपलब्धी खेर जान नदिनका लागि रुम टु रिडले विकास गरेको अभ्यास पुस्तिका कक्षा कोठामा कार्यन्वयन र अभ्यासका विषयमा जानकारी गरिएको थियो ।
लामो समय विद्यालय बन्दपछि शिक्षण क्रियाकलाप कहाँबाट र कसरी सुरु गर्ने, पाठ्य समग्रीको प्रयोगको समेत अन्यौल थियो । यस्तो अवस्थामा रुम टु रिड नेपालले बालकालिकाको सिकाईलाई सहयोग गर्न अभ्यास पुस्तिका समेत उपलब्ध गराएको साथै अभिमुखीकरण तालिमले कक्षाकोठामा आगामी शिक्षण रणनीति र अभ्यास पुस्तिकाको प्रयोगको सीप समेत लिएकाले सहज हुने अभिमुखीकरण तालिममा सहभागी आदर्श माध्यमिक विद्यालय रिब्दीकोटका भाषा शिक्षक इन्दिरा नेपालले बताउनुभयो ।
अभिमुखीकरण तालिमको समापन कार्यक्रममा बोल्दै रुम टु रिड नेपालका कार्यक्रम अधिकृत ओम कुमार श्रेष्ठले विश्वव्यापी फैलिएको कोभिड १९ ले बालबालिकाको पठन पाठनमा नराम्रो असर पुगेको बताउनु भयो । तसर्थ शैक्षिक क्षतीलाई कम गर्न पाठ्यक्रम संक्षप्तीकरण गरीएको बताउनुभयो । प्रभाकारी शिक्षण गर्न शिक्षकहरुलाई अभिमुखीकरणले सहयोग गर्ने उहाँले बताउनुभयो । अभ्यास पुस्तिका अभिभावकहरुले समेत घरमा विद्यार्थीहरुलाई सहयोग गर्न सक्ने गरी निर्माण गरिएको उहाँले बताउनु भयो ।
बेस नेपालका कार्यकारी निर्देशक शालीकराम पाण्डेले जिल्लाका विभिन्न स्थानबाट शिक्षकहरु अनलाइन तालिममा सक्रिय सहभागी भएको प्रति धन्यवाद व्यक्त गर्नुभयो । तालिममा सिकेका सीपहरुलाई कक्षाकोठामा प्रयोग गर्न शुभकामना समेत व्यक्त गर्नुभयो । बेस नेपाल र रुम टु रिड नेपालले बालबालिकाको सिकाईलाई बृद्धिका लागि चुनौती भए पनि कार्यक्रमहरु सञ्चालन गर्दै आएको बताउनुभयो । संस्थाले सञ्चालन गरेका कार्यक्रमहरु शिक्षकहरुले देखाएको सक्रियता, अपनत्वका कारण सफल भएको बताउदै आगामी दिनमा पनि सफल हुने बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि शिक्षा तथा समन्वय इकाई पाल्पाका प्रमुख रमेशराज पौडेलले बालबालिकाको शिक्षण सिकाई संगै मनोबैज्ञानिक त्रासलाई हटाउन शिक्षक शिक्षिकाहरुले सहजीकरण गर्नु पर्ने बताउनु भयो । अहिले बालबालिका र अभिभावकहरुको कोभाड १९ का कारण मनोविज्ञान नाकारात्मक असर परेको भन्दै त्यसमा शिक्षकहरुले मात्रै भुमिका निर्वाह गर्न सक्ने बताउनुभयो । प्रमुख पौडेलले भन्नुभयो “शिक्षकहरुले पाठ्यक्रमका उद्देश्य पुरा गर्नु त छदै छ, बालबालिका र अभिभावकलाई अहिलेको भय बाट मुक्त गराउन जरुरी रहेको बताउनुभयो ।” विषम अवस्थामा पनि रुम टु रिडले भर्चुअल माध्यमबाट तालिम सञ्चालन गरेको प्रति धन्यवाद समेत दिनुभयो । बाकी रहेको शैक्षिक शत्रमा शिक्षकहरुले विद्यार्थीहरुको सिकाई उपलब्धी ल्याउनका लागि तालिममा सिकेको सीपहरु कक्षा कोठामा प्रयोग गर्न समेत अनुरोध गर्नुभयो । अभिमुखीकरण तालिममा जिल्लाका ८६ भााषा शिक्षकहरुको सहभागीता रहेको थियो ।


प्रकाशित : २०७७ मंसिर २९ गते १९:२४


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology