नेपाली कांग्रेसले देशभर सरकार बिरुद्ध विरोध कार्यक्रम गरेको छ

कन्दरा सम्बादाता
प्रकाशित : २०७७ मंसिर २९ गते २१:०७

नेपाली कांग्रेसले आज काठमाडौंसहित ७७ जिल्लामा सरकारविरूद्ध प्रदर्शन गरेको छ। सोमबार मंसिर २९ गते पाल्पा सदरमुकाम तानसेनको पार्टी कार्यालयबाट दिउँसो १ बजे जुलुससहित निस्किएको र्याली तानसेनका मुख्य सडक र चोक हुदै बिशालबजारमा पुगेर कोणसभामा परिणत भएको थियो ।

संघीय गणतन्त्रका पक्षमा नारा लगाउन र वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारविरूद्ध प्रदर्शन गर्न कांग्रेसको निर्देशन पाल्पामा पनी प्रदर्शन भएको हो।

पाल्पाको प्रदर्शन र सभामा नेपाली कांग्रेसका पूर्ब केन्द्रिय सदस्य राजन पन्थ , पाल्पा सभापती तथा लुम्बिनी प्रदेशका संसद बीर बहादुर राना लगायत जिल्लाको नेता हरुले सम्बोधन गर्नु भएको थियो ।


प्रकाशित : २०७७ मंसिर २९ गते २१:०७


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology