प्रौढ सिकाई र शिक्षा , वर्तमान अभ्यास र सुधारका क्षेत्रहरु विषयक कार्यशाला गोष्ठी देवीनगरमा सम्पन्न

भरत सिंजाली
प्रकाशित : २०७७ मंसिर ३० गते २०:४४

प्रौढ सिकाई र शिक्षा , बर्तमान अभ्यास र सुधारका क्षेत्रहरु विषयक कार्यशाला गोष्ठी पूर्वखोला ४ देवीनगरमा सम्पन्न भएको छ ।
कार्यक्रम शिक्षाको लागि राष्ट्रिय अभियान जि स स पाल्पा र समाज उत्थान सहयोग केन्द्र देविनगर पाल्पाको आयोजनामा भएको कार्यक्रमको
प्रौढ शिक्षाको ,प्रौढ सिकाइ र शिक्षा , प्रौढ शिक्षाको सुरुवात ,नीति ,प्रौढ शिक्षाको उपयोगिता , प्रौढ शिक्षाको स्थानिय पहल लगायत विषयमा छलफल भएको थियो । बेश नेपालका कार्यकारी निर्देशक सालिकराम पाण्डेले सहजिकरण गर्नु भएको कार्यक्रममा पूर्वखोला शिक्षा शाखा प्रमुख डिल्ली राम ढुंगानाले प्रौढ शिक्षालाई सामान्य रुपमा मात्र नहेरी यसको लिने उद्देश्य फराकिलो बनाउदै लानु पर्ने कुरामा जोड दिनु भएको थियो । कार्यक्रममा सरस्वती मा वि मा प्रध्यानाध्यापक तथा शिक्षक संघ पूर्वखोलाका अध्यक्ष रमेश न्यौपाने , पूर्वखोला गाउँपालिका योजना शाखा कर्मचारी मन बहादुर सारु , भरत सिंजाली लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।कार्यक्रम सामाज उत्थान सहयोग केन्द्र देवीनगर पाल्पाका अध्यक्ष मोहन बहादुर रखालको अध्यक्ष उपाध्यक्ष मधुरा घर्ती को स्वागत मन्तव्य र समाज उत्थान केन्द्रका कार्यकारी प्रमूख तथा वडा सदस्य तथा पूर्वखोला शिक्षा समिती सदस्य मेयर सिं थापाको संचालमा भएको थियो । कार्यक्रम देवीनगर वडा कार्यालयको सभाहलमा भएको थियो ।


प्रकाशित : २०७७ मंसिर ३० गते २०:४४


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology