प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगीताका लागि पाल्पा जिल्लाबाट पुरुष खेलाडी छनोट

Kandara News
प्रकाशित : २०७७ पुष १ गते २२:३६

पाल्पा,१-पुस।

जिल्ला क्रिकेट संघ पाल्पाले आसन्न प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगीताका लागि जिल्लाबाट पुरुष खेलाडी छनोट गरेको छ ।

छनोट भएका खेलाडीहरुमा सुरेश गोदार (कप्तान), सागर थापा क्षेत्री, राजेन्द्र मान शाक्य, , मनिष न्यौपाने, शिव शर्मा, नरेश कुमार सार्की नेपाली, रुपेश बस्याल, श्रीधर बस्याल, केशव पराई, रुपेश बस्याल, नवीन तारा बस्याल, प्रकाश तिमिल्सिना, समीर मल्ल, नवीन भुसाल रहनुभएको क्रिकेट संघका जिल्ला अध्यक्ष राजेश श्रेष्ठले जानकारी दिनुभयो ।

त्यस्तै, वैकल्पिक खेलाडीमा बेल मगर, सुदिप जिसी, आशिष लोहोनी, आशिष बराल, सरन रसाली रहनुभएको छ । टोली प्रशिक्षकमा ओम थापा र व्यवस्थापक दिपक घिमिरे रहनुभएको छ ।

मङ्सिर २५ र २६ गते तानसेन टुडिखेल खेल मैदानमा ‘क्याम्प’ आयोजना गरि खेलाडी छनोट गरिएको क्रिकेट संघले पाल्पाले जनाएको छ । जिल्लाबाट छनोट भएका खेलाडी प्रदेशस्तरीय छनोट प्रतियोगीतामा सहभागी हुने क्रिकेट संघले जनाएको छ । त्यहाँबाट छनोट भएपछि खेलाडी प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगीतामा सहभागी हुनेछन् ।


प्रकाशित : २०७७ पुष १ गते २२:३६

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology