देवीनगरको कोन्द्रे खोलामा पक्की पुल बन्ने, लुम्बिनी प्रदेश भौतिक पूर्वाधार मन्त्री द्धारा शिलान्यास

भुवन सिंजाली
प्रकाशित : २०७७ पुष २ गते १७:१०

हुमिन रिङ्नेरह ज्यामिरे सडक खण्डमा पर्ने पूर्वखाेला गाउपालिका वडा नम्बर ४ देवीनगरको काेन्द्रे खाेलामा पक्कि पुलकाे शिलान्यास एक कार्यक्रमका बिच लुम्बिनि प्रदेशका भाैतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चाैधरिले गर्नु भएको छ। शिलान्यास कार्यक्रममा बाेल्दै मन्त्री चाैधरिले विकासका पहिलो खुडकिलाे यातायात भएकोले अहिले माेटरबाटाे स्तर उन्नति गर्ने खाेलामा पुल राख्ने निर्माणका कामहरु भइरहेको र पाल्पाको पूर्व दक्षिण भेग मुख्य सडकसंग नजाेडिएकाेले अबकाे नीति दक्षिणमा खैरेनी र पूर्वमा अारुणखाेला सम्म सडककाे स्तर उन्नति गर्ने रहेको बताउनु भयो ।निर्माण व्यवसायीलाई पैसा भुक्तानीमा कहिले पनि ढिलासुस्ती नहुने भएकोले ढुक्क भएर समयमै काम सक्न निर्देशन दिनु भयो।पुलको कुल लागत २ करोड ४२ लाख ६२ हजार ६ सय रहेकोमा कान्तिपथ कन्स्ट्रक्सन प्रा लि ललितपुरले २ करोड ३ लाख ७३ हजार ५ सय ३० रुपैयामा ठेक्का लिएको छ । निर्माण व्यवसायी विष्णुप्रसाद तिमिल्सिनाले पुलकाे निर्माण एक वर्ष भए पनि अाफुले पाच महिना भित्र सक्ने प्रतिवद्रता व्यक्त गर्नु भएको छ। लुम्बिनी प्रदेश साम्सद नारायण अाचार्यले काेन्द्रेखाेलामा पुल निर्माण भएपछि यातायातको सुविधामा थप सहयोग पुग्ने र रुकुङ खाेला सिमल्दी खोलामा पनि पुल राख्नकाे लागि ठेक्का प्रक्रियामा रहेकोले अाउने वर्ष भित्री दुवै पुल निर्माण हुने र कालाेपत्रे गर्न अहिले सडककाे स्तर उन्नती भइरहेको बताउनु भयो । खाेलामा पुल नहुदा वर्षायाममा महिनाै सम्म यातायात बन्द हुने हुदा ज्यामिरे रिङ्नेरह र देवीनगरका माेहकालका बासिन्दाले सास्ती पाइरहेका छन् । पूर्वखाेला गाउपालिकाका अध्यक्ष नुन बहादुर थापाले पुल निर्माण गर्दा कुनै पनि समस्या अाउन नदिने र ठेक्का हुन लागेको दुई वटै पुल जति सक्दो छिताे सुरु गर्न सम्बन्धित निकायलाई अनुरोध गर्नु भएको छ । निर्माण हुन लागेको पुल १० मिटर लम्बाइ ११ मिटर चाैडाइ हुने छ । देवीनगर वडाका अध्यक्ष रिम प्रसाद श्रेष्ठले पुल निर्माण गर्न बजेटकाे व्यवस्था गर्ने प्रदेश सरकार सम्बन्धि निकाय र निर्माण व्यवसायीलाई धन्यवाद दिनुभयो । शिलान्यास कार्यक्रम जिल्ला समन्वय समिति पाल्पाका कार्यवाहक प्रमुख मिरा मरासिनीकाे अध्यक्षतामा गाउँपलिका उपाध्यक्ष भागरथी भट्टराको स्वागत र पूर्वखोला गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत ज्ञानु प्रसाद पनेरुको संचालनमा भएको थियो ।


प्रकाशित : २०७७ पुष २ गते १७:१०


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology