रामपुरमा तीन सय मेट्रिकटन क्षमताको शीत भण्डार निर्माण अन्तीम चरणमा

बन्दना पोखरेल
प्रकाशित : २०७७ पुष ७ गते १८:५०

पाल्पा पुस ७
रामपुर नगरपालिकामा तीन सय मेट्रिकटन क्षमताको शित भण्डार निर्माण अन्तीम चरणमा पुगेको छ । करिव एक रोपनी क्षेत्रफलमा कृषि तथा पशु सेवा शाखा कार्यालय परिषरमा एकतले चार कोठासहितको भवन निर्माण भइरहेको छ ।
प्रदेश सरकार लुम्बीनी प्रदेशको सर्सत अनुदानमा बन्न लागेको शित भण्डारको रबिना र अभिसा जेभी कन्ट्रक्सन प्रालीले संयुक्त रुपमा रु तीन करोड ५२ लाखको लागतमा ठेक्का लिएर काम थालनी गरेको हो ।
गत आर्थीक बर्षमा लुम्बीनी प्रदेशले बजेट विनीयोजन गरे सगँै असार ५ गतेबाट निर्माण कार्य थालनी भएको शित भण्डार आउँदो माग महिना भित्र सम्पन्न हुने नगरपालिकाका सुचना अधिकारी तथा कृषि शाखा प्रमुख रामहरी पाण्डेयले जानकारी दिनुभयो । बन्दाबन्दीले गर्दा निर्माण कार्य ढिलो भएको उहाँ बताउनुहुन्छ ।
भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश नं ५ बुटवलको सशर्त अनुदान सहयोगमा शित भण्डार निर्माण सुरु गरिएको छ । आर्थिक वर्ष २०७५÷०७६ मा डिपिआर तयार गरी आ.व. २०७६÷०७७ मा ठेक्का सम्झौता गरिएको थियो ।
शित भण्डार सहित प्राबिधिक कक्ष, दुई तले आवास गृह र शौचालय निर्माण गरिनेछ । रामपुर नगरपालिकामा शित भण्डार नहुदा यहाँ उत्पादन भएका तरकारी तथा फलफूल, वीउ विजन भण्डारण गर्न भैरहवा, स्याङ्गजा लगायतका ठाउँमा लैजानु पर्ने बाध्यता छ । रामपुर नगरपालिकामा बिशेष गरी आलु उत्पादन बढी हुने गर्दछ ।
यसवर्ष नगरपालिकाको एक वडा एक उत्पादन कार्यक्रम अन्र्तगत वडा नं ६ मा लगाइएको आलु वीउ प्रयोजनका लागि स्याङ्गजाको गल्याङ्ग नगरपालिकाको जिमुवा शित भण्डारमा एक सय १५ क्वीन्टल वीउको लागि भण्डारण गर्न लगिएको वडा अध्यक्ष तथा नगर प्रवक्ता हुमनाथ न्यौपानेले बताउनुभयो ।
“कृषकले उत्पादन गरेको आलु घरमै कुहेर जाने र शित भण्डार नहुदा अर्को वर्ष वीउ जोगाउनै मुस्किल परेपछि यो वर्ष वडाले खर्च ब्यहोर्ने गरी शित भण्डारमा लगेर राख्दिएका छौँ” उहाँले भन्नुभयो ।
शित भण्डारको अभावमा धान, मकै, गहुँ लगायतका वीजबृद्धिका कार्यक्रम चलाउन समस्या परेको विजयपुर कृषि सहकारी संस्थाका र्पुव अध्यक्ष सूर्यप्रसाद रेग्मीले बताउनुभयो ।
अन्यत्र शित भण्डारमा लैजानु पर्दा ढुवानी खर्च, वीउ लैजान ल्याउन समस्या परिरहेको छ । कृषि उपज भण्डारमा समस्या झेल्दै आइरहेका यहाँका कृषक शित भण्डार निर्माण कार्य सुरु भएपछि उत्साहित भएका छन् । पाचँ भागमा बाढीएर भित्रकाे संरचना निर्माण भएकाे छ । जसमा ३ वटा पार्टमा अालु र अन्यमा तरकारी राख्ने सुचना अधिकृत पाण्डेले जानकारी दिनु भएकाे छ ।
पाल्पा जिल्लाको रम्भा गाउँपालिकामा गत आर्थिक वर्षमा २५ मेट्रिकटन क्षमताको शित भण्डार निर्माण गरी हाल चालु अवस्थामा छ ।


प्रकाशित : २०७७ पुष ७ गते १८:५०


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology