नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) पाल्पाको अगुवा कार्यक्रता भेला तानसेनमा सम्पन्न

कन्दरा सम्बाददता
प्रकाशित : २०७७ पुष १८ गते २०:०६

पाल्पा,पुस १८

नेपाल कम्युनिस्ट पार्टी नेकपा पाल्पाको अगुवा कार्यकर्ता भेला शनिबार पाल्पामा सम्पन्न गरेको छ ।अगुवा कार्यकर्ता भेलालाइ नेपाल सरकारका परराष्ट्र मन्त्री तथा नेकपाका स्थाइ कमिटी सद्स्य प्रदिप ज्ञवालीले सम्बोधन गर्नुभएको छ । मन्त्री ज्ञवालीले पार्टीलाई पाल्पा जिल्लाले ठुलो योगदान दिएको बताउनुभयो । उहाँले कम्युनिस्ट पार्टी ले एकता तथा विभाजन रुपमा सधै प्रतिविम्बको खम्बा बोकेको बताउनु भयो ।

देशमा यति बेला जीवन र जिबिका ब्यबस्थापनमा गर्नु पर्ने बेला छ । तर राजनीति अबस्थाले फरक रुप लिएको मन्त्री ज्ञवालीको भनाई छ । उहाले समस्या हुन्छ समस्यालाई सामाधान गरेर अघि बढ्नु बताउनु भयो ।उहाँले अहिले प्रचण्ड नेपाल समुहले नेपाली जनताबाट प्राप्त उपलब्धिको बेवास्ता गररेर पद को आकक्षा बडेकोले यस्तो अबस्ता आएको बताउनुभयो ।कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री ज्ञवालीले चुनाव पछि प्रचण्डले अनेक बखेटा झिकेको आरोप लगाउनुभयो ।नेकपाका प्रवक्ता समेत रहनुभएका मन्त्री ज्ञवालीले केपी ओलीले कुनै सनकमा प्रतिनिधि सभा विघटन गरेको नभइ सरकार गठन भएपछी प्रचण्डबाट खुट्टा तान्ने अनेकौ प्रयास भए पछी याे अवस्था अाएकाे बताउनुभयाे ।

उहाँले थप्नु भयो मानव बिकासको हिसाबले नेपाल मध्यम स्थान आएको छ ।नेपाललको प्रत्येक इन्डिकेटरमा सकारात्मक प्रगति हुँदै गएको छ । पार्टी भनेको गतिशील हो जनताका मुद्दामा जोडीएर पार्टी अगाडि बढनुपर्ने उहाले बताउनुभयाे । पार्टीमा संख्याले मात्र होईन गतिशील महत्त्वपूर्ण भुमिका खेल्ने उहाँको भनाई छ ।

कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य धनेन्द्रराज घिमिरे ,केन्द्रिय सदस्य झपेन्द्र जिसी प्रदेश संसद युबराज खनाल गाउँपालिकाका अध्यक्षहरुको तर्फबाट निस्दी गाउँपालिकाका अध्यक्ष मुक्त बहादुर सारुले आफ्नो तर्फबाट धारणा राख्नुभएको थियो ।
कार्यक्रममा नेकपा जिल्ला अध्यक्ष नारायण प्रसाद आचार्यको अध्यक्षतामा तानसेन नगरपालिकाका उपप्रमुख लक्ष्मी देवी पाठकको स्वागत र रामजी पोखरेलको संचालनमा सम्पन्न भएको थियो ।


प्रकाशित : २०७७ पुष १८ गते २०:०६


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology