पूर्वखोलाले बालकक्षा देखि कक्षा ५ सम्मका विद्यार्थीहरु लाइ दिवा खाजा खुवाउने

सिमा श्रेस्ठ
प्रकाशित : २०७७ पुष २१ गते १९:२२

पौष  , २१ प्र.अ हरुको बैैैठक पूर्वखोला  ३ रिङ्नेरहमा स्रोतकेन्द्रमाआबद्व रहेका विद्यालयको प्रधानाध्यापकहरुको उपस्थितिमा सकिएको छ ।उद्वबुद्व कलेज भवनमा भएको कार्यक्रमको प्रमुख अतिथि पूर्वखोला गाउँपालिका अध्यक्ष नुन बहादुर थापाले शैक्षिक गुणस्तर  वृद्धि गर्न कुनै जातजाति र पाटिले रोक्दैन , ठूलो मान्छे होइन असल मान्छे बनाउने सोचलिएर बाल बालिकालाई रचनात्मक ढंगबाट अगाडि बढ्ने बाताबरण मिलाउनु पर्छ भन्ने कुरामा जोड दिनुएको थियो। उहाले शैक्षिक   क्षेत्रको विकासमा पालिकाले विशेष  राखेर काम गरेको बताउनु भयो । बैठकमा पूर्वखोला गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत ज्ञानु प्रसाद पनेरु, शिक्षा अधिकृत डिल्लीराम  ढुङ्गानाको उपस्थिति मा चलेको बैठकमा प्रथम परिक्षाको अंक स्व अध्यान पुस्तिकाको मुल्यांकन बाट दिने। अर्ध बार्षिक परीक्षा बिधालयको बिषय शिक्षकले आ-आफ्नै तरीकाबाट प्रश्न पेपर तयार पारी माघ १२ गतेदेखि शुरु गर्ने भएको छ पालिकाले बाल कक्षा देखि कक्षा पांच सम्म  प्रत्येक विद्यार्थीहरु लाई  रु१५ को दरले मंसिर दश गते देखिनै लागू हुने गरि दिवा खाजा खर्च सम्बन्धित विद्यालयलाई दिने निर्णय गरेको छ । पालिका स्तरीय अतिरिक्त क्रियाकलापमा प्राथमिक तह स्तरीय हाजिरी जवाफ प्रतियोगिता माघ  २६ गते उद्वबुद्व माध्यमिक विद्यालयमा हुने गरि छलफल बाट निर्णय भएको छ । शिक्षा शाखाका बिक्रम बस्नेतको संचालनमा भएको कार्यक्रम स्रोतकेन्द्रका अध्यक्ष तथा उद्वबुद्व मा .बि.का प्रधानध्यापक लोकहरी देवकोटाको अध्यक्षतामा बैठक चलेको थियो ।


प्रकाशित : २०७७ पुष २१ गते १९:२२

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology