पूर्वखोलाका ३८ विद्यालयका शिक्षकहरु बाट पालिका कोविड -१९ कोषमा सहयोग

Kandara News
प्रकाशित : २०७७ पुष २२ गते ८:१६

पूर्वखोला कोबिड १९ कोरोना कोषमा रु एकलाख उनान्सय हजार पचास(१९९०५०) पूर्वखोलाका शिक्षकहरुबाट सहयोग भएको छ । पूर्वखोला गाउँपालिका शिक्षक माहासंघ सुशील न्यौपाने लगायत अन्य शिक्षक हरु जम्मा भै पूर्वखोला गाउँ पालिकाका अध्यक्ष नुन बहादुर थापा ,शिक्षा अधिकृत डिल्ली राम ढुङ्गाना , कृषिबिज्ञ कमानसिं थापा शिक्षाशाखाका बिक्रम बस्नेतको उपस्थितिमा गाउँ पालिकाका प्रमुख प्रशासकिय अधिकृत ज्ञानु प्रसाद पनेरु लाई रु एकलाख उनानसय हजार पचास रुपयाको चेक हस्तान्तरण गरेको हो । स्रोतकेन्द्रमा आबद्व रहेका पुर्बखोला गाउँपालिकाको ३८ वटा बिधालयका शिक्षकहरुले आ- आफ्नो तलब दुईदिन बराबरको रकम जम्मा गरि सहयोग गरेको बताउनु भयो शिक्षक माहसंघ अध्यक्ष ले जानकारी दिनु भयो । एकदिनबराबरको जिल्लामा सहयोग गर्ने र एकदिनको पालिकालाई सहयोग गर्ने कार्यक्रम अनुसार आज पालिकाको कोविड कोषमा जम्मा गर्न चेक हस्तान्तरण गरेको शिक्षक महासंघका अध्यक्ष सुशील न्यौपानेले जानकारी गराउनु भयो।


प्रकाशित : २०७७ पुष २२ गते ८:१६


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology