माथागढी को कसेनीमा नेपाली काँगेसले विरोध सभा गर्यो ।

माया बस्याल
प्रकाशित : २०७७ पुष २६ गते ०:४९

पुस २५ गते,
राष्ट्रियता , लाेकतन्त्र तथा समाजवाद सिद्धान्त सहितकाे नारा सहित नेपाली काँग्रेसकोले माथागढीको कसेनीकाे फुलबारीमा विरोध कार्यक्रम सम्पन्न भएको छ ।

सरकारको संविधान विघटनको अलाेकतान्त्रीक कदम प्रति विराेध गर्ने उद्देश्यले विराेध सभा गरिएको सभाका तथा क्षेत्र नम्बर १ का संयाेजक विष्णु कुमार थापाले बताउनु भएको थियो । थापाले कार्यक्रममा बाेल्दै सरकारको यस्तो कदम गलत भएकाे गलत कदमलाई हामीले साथ नदिने र याे कदम अराजक रहेको समेत दावि गर्नु भएको छ।

कार्यक्रमका प्रमुख अतिथि तथा नेपाली काङ्ग्रेस पाल्पाका सचिव झपेन्द्र गैरेले हिजोका दिनमा हामी लगाएत जनता सबैले नेपाल कमन्युष्ट पार्टी नेकपालाई धेरै साथ तथा सहयोग गरेको तर सहयोग काे दुरुपयोग प्रधानमन्त्री ज्युले गरेको मा त्यो स्वीकार याेग्य नरहेको हामी त्यो स्वीकार्न तयार छैनौं भन्दै विराेध सभामा अाफ्ना धारणा राख्नु भएको थियो । गैरेले जनतालाई हरेक माेडमा सहयोग गर्ने साथ दिने कुरा व्यक्त गर्दै प्रधानमन्त्रीले संसद विघटन गर्नु सरासर गलत भएको समेत कुरालाई अाैल्याउनु भएको छ।

क्षेत्र नम्बर १( ख) का सभापति सन्तोष थापाले विराेध सभामा बाेल्दै नेपालकाे संविधानमा व्यवस्था नभएको र प्रधानमन्त्रीलाई कुनैपनि समस्या नहुदानहुदै पनि संसद विघटन गर्नु याे असंवैधानिक भएको मा याे नेपाली काङ्ग्रेसलाई अपच्य भएको याे कुरा सहन नसकेको भन्दै अाफैले संविधानमा विघटन गर्न नहुने भनी व्यवस्था गरिता पनि प्रधानमन्त्री अाफैले याे कार्य गरेको मा यस्तो प्रधानमन्त्रीले गलत कदम उठाउनु भएको मा याे विरोध सभा अायाेजना गरिएको हाे साथै यस्ता विरोध सभा अरु पनि धेरै सञ्चालन गरिदै छ यस्ता सभा मा सबै उपस्थित हुन अाग्रह समेत गर्नु भएको छ।

विराेध सभामा सराईकाे फुलबारी देखि र्याली निकाली सराइका विभिन्न स्थान बजार क्षेत्र परिक्रमा गरिएको थियो । र्याली सभा समापन पछि काेणसभामा परिणत भई सभा सुरु भएको थियो सभामा पाल्पा तरुण दल संयाेजक राजन बलाल,महासमिति सदस्य दानबहादुर पछाई , पूर्व सभापति विष्णु बम्रेलले समग्र रुपमा सबै जनता कम्युनिस्ट का विरुद्ध उभिनु पर्ने , हिजो जसरी जनता लाेकतन्त्र ल्याउन अगाडि बढेका थिए त्यसरी नै नेपाली काङ्ग्रेसलाई अगाडि बढाउन साथ र सहयोग गर्नु पर्ने साथै जनतालाई शाेषित भएर नबस्न अरुकाे अन्याय अत्याचार विरुद्ध अावाज उठाउन समेत अाग्रह गर्दै प्रधानमन्त्री काे संसद विघटन अपच्य रहेको याे हामी कसैले पनि नसहने कुरामा ऐक्यबद्धता जनाउनु भएको छ ।

कार्यक्रमकाे सञ्चालन क्षेत्रीय कमिटी सदस्य कृष्ण भट्टराईकाे सञ्चालन माथागढी वडाा न  ३ नम्बर का सभापति दिपक थापाको स्वागत मन्तव्य तथा क्षेत्र नम्बर १ (ख) का संयाेजक विष्णु कुमार थापा काे अध्यक्षतामा सम्पन्न भएको हाे ।


प्रकाशित : २०७७ पुष २६ गते ०:४९


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology