अनेरास्ववियु पाल्पाले १५१ जिल्ला कमिटी गठन गर्यो ।

Kandara News
प्रकाशित : २०७७ माघ ६ गते २३:४६

अनेरास्ववियू पाल्पा काे माघ ५ गते जिल्ला भरिका विद्यार्थी भेला त्रिभुवन बहुमुखि क्याम्पस काे सभाहलमा सम्पन्न भयकाे छ ।
भेला का प्रमुख अतिथि अनेरास्ववियू नेता तथा नेकपा केन्द्रिय सदस्य रेश्मी आचार्यले अहिलेको राजनैतिक अवस्थाका बिषयमा विद्यार्थी हरु सबै भन्दा सचेत हुनुपर्ने बताउनुभयो । उहाले नेकपा विभाजन भए संगै विद्यार्थीमा पनी अन्यौल बढेको भन्दै अलमल नहुन अनुरोध गर्दै विद्यार्थी राजनिति गर्ने व्यक्तिहरुलाई अराजक हुन छुट नभएको बताउनुभयो ।अराजक समुहले अराजकता फैलाएको भन्दै नेता आचार्यले नेकपाको मुल धारका सबै बिस्तारै अाउने बताउनुभयो ।

भेलाका विशिष्ट अतिथि नेकपा केन्द्रिय सदस्य तथा प्रदेश सांसद नारायण आचार्यले नेकपा नेतृत्वको सरकारलाई आफ्नै पार्टी भित्रका नेताहरुले काम गर्न नदिएर घेराबन्दि पारेको बताउनुभयो ।अाफ्नै पार्टिकाे सरकार माथि अविस्वासको प्रस्ताव लगेर सरकार गिराउने काममा प्रचण्ड नेपाल लागेको आचार्यको भनाई थियो ।
नेकपा केन्द्रिय सदस्य धनेन्द्रराज घिमिरेले नेपाली जनताको निम्ती केपी ओली सरकारले विभिन्न राम्रा कामहरु गरेता पनि कु प्रचार गर्ने केही तत्ताे हरु लागिपरेकाे बताउनुभयो । अाफ्नै ले खुट्टा बाधिदियपछि प्रधानमन्त्री ओली संसद विघटन गर्न बाध्य भएको घिमिरेको भनाई थियो ।
कार्यक्रममा विद्यार्थी ईन्चार्ज रामजी पोखरेल, केन्द्रिय विद्यार्थी नेताहरु सुदर्शन सिवाकोटी, सुजन भट्टराई, टिका बहादुर थापा, प्रेम बगाले, सदिक्षा ढकाल लगाएतले विद्यार्थी संगठन रचनात्मक कार्य गर्दै अघि बढ्नुको विकल्प नभएको कुरामा जोड दिएका थिए ।
भेलाले हिरामणी पराजुली( जनक) को संयोजकत्वमा १ सय ५१ सदस्यिय जिल्ला कमिटिको गठन समेत गरेको छ जसको सहसंयोजकमा राधाकृष्ण दंगाल र सचिवमा मदन आचार्य चयन हुनुभएको छ । संयोजक पराजुलीले अध्यक्ष्ाताम अनेरास्ववियु केन्द्रीय सदस्य नवीन अाचार्यको स्वागत र सन्चालन केन्द्रिय सद्स्य राधाकृष्ण ढ्ङ्गोलले गर्नु भएको थियो ।
माघ ३ गते के प्रचण्ड माधव निकट अनेरास्ववियुको भेला भएको थियो भने ५ गते के पि ओली निकट अनेरास्ववियु को भेला भएको हो ।


प्रकाशित : २०७७ माघ ६ गते २३:४६


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology