पाल्पाको रिब्दीकोटमा मृगलाइ हानेको छर्रा लागेर १३ बर्षीय बालककाे मृत्यु

Kandara News
प्रकाशित : २०७७ माघ ९ गते १७:३४

रिब्दीकोट गाउँपालिका ८ दानसीङमा सिकार खेल्न जादा मृगलाई हानेको भरूवा बन्दुकको छर्रा लागेर १३ बर्षका लक्ष्मण छहरी मगरको मृत्यु भएको छ । साथै संगै सिकार खेल्न गएका रैनादेवि छहरा गाउँपालिका ४ भर्माटुङका ज्ञान बहादुर गाहा,सोहि स्थानका कमल राना र रिब्दीकोट गाउँपालिका ८ दानसिङडाँडाका देव बहादुर गाहा र भरुवा बन्दुक नियन्त्रणमा लिएर, थप अनसुन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । ३ दिनमा पाल्पामा भरूवा बन्दुक लागेर २ जनाको मृत्यु भएको छ । ३ दिन अघि मात्र पूर्वखोला गा पा २ मा आफैले चलाउदा भरूवा बन्दुकको गोलीले १ जनाको मृत्यु भएको थियो । केहि बर्ष अगाडि जिल्ला प्रशासन कार्यालयले सबै बन्दुक संकलन गरेको भनेता पनि सर्वसाधारण संग अझै पनि सिकार खेल्नको लागि बन्दुक रहेछ भन्ने बुझ्न सकिन्छ ।


प्रकाशित : २०७७ माघ ९ गते १७:३४

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology