पाल्पाको वग्नासकालीमा जिप र मोटरसाइकल ठोकियो ।

माधव पाण्डे
प्रकाशित : २०७७ माघ १३ गते १९:०५

पाल्पाको वग्नासकालीमा जिप र मोटरसाइकल ठोकिदा मोटर साइकलमा सवार दम्पति गम्भिर घाइते ।
माघ १३ गते विहान करिब १० बजे रामपुर देखि तानसेन तर्फ आउदै गरेको लु १ ज ४१७८ नम्बर को जिप र विपरित दिसाबाट आउदै गरेको लु १७ प ५६२४ नम्बरको मोटरसाइकल पाल्पाको बग्नासकाली गाउँपालिका १ मंगलचोकमा एक आपसमा ठोकिएको छ । ठक्कर बाट मोटर साइकलमा सवार पर्बतको महासिला गाउँपालिका १ बस्ने ४५ बर्ष राज बहादुर राना र उसको ४० बर्षे श्रीमति गंगा राना सख्त घाइते भै युनाइटेड मिसन अस्पतालमा उपचार गर्न लगेको प्रहरिले जनाएको छ । दुर्घटना बारे प्रहरीले जिप चालकलाइ हिरासतमा राखि अनुसन्धान गरेको छ ।


प्रकाशित : २०७७ माघ १३ गते १९:०५


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology