पालिका स्तरमा विद्यालयको नाम उच्च राख्ने गणपतिका शिक्षक तथा बिद्यार्थीले गरे प्रतिबद्धता

कन्दरा न्युज प्रतिनिधि
प्रकाशित : २०७७ माघ २७ गते २०:२३

माघ-२७ वीरकोट,
गणपति माध्यमिक बिद्यालय पूर्वखोला ५ विरकोटको कक्षा -८ मा अध्ययनरत बिद्यार्थीहरुको अभिभावक भेला बिधालयको सभाहलमा सम्पन्न भएको छ । गाउँपालिका स्तरीय आधारभुत तह कक्षा-८ को परीक्षालाई मध्यनजर गरेर राखिएको भेलामा बिधालयका प्रधानाध्यापक बिष्णु कुमार पल्लीले भेलाको उद्देश्य तथा महत्वको बारेमा प्रष्ट पार्नुको साथै शैक्षिक स्तर उकास्नको निम्ति बिधालय ,शिक्षक र बिद्यार्थीले गर्नु पर्ने जिम्मेवारी पूरा गर्नुको साथै अभिभावकहरुले पनि आफ्ना छोरा छोरीको पढाईको बारेमा जानकारी लिनको लागि नियमित रुपमा बिधालयमा आई दिनु हुन अनुरोध गर्दै घरमा बिद्यार्थीको पढाईको साथै अन्य क्रियाकलापको समेत ख्याल गरि दिन समेत अनुरोध गर्नु भएको थियो । उक्त भेलामा कक्षा शिक्षक मदन सिंह धामीले बिद्यार्थीहरुको अर्ध बार्षिक परिक्षाको नतिजा प्रस्तुत गर्नुको साथै अभिभावक र बिद्यार्थीलाई शैक्षिक उपलब्धिको जानकारी गराउनु भएको थियो । विषयगत शिक्षकहरु ऐतुराम पचभैया,सीमा भट्टराईले आफ्ना विषयमा देखिएका बिद्यार्थीका समस्याको बारेमा अभिभावकलाई जानकारी दिनुको साथै बिद्यार्थीका शैक्षिक गतिविधिको बारेमा समेत प्रष्ट पार्नु भएको थियो ।अभिभावकबाट उठान भएका प्रश्नको उत्तर सम्बन्धित शिक्षकबाट दिइएको थियोे । बिधालय अभिभावक संघका अध्यक्ष ऋषिराम ढेंगाकाे अध्यक्षतामा भएको भेलामा अध्यक्षले यस्ता भेला आउने दिनहरुमा हुने हुनाले प्रत्येक टोल -टोलबाट सबै अभिभावकहरु उपस्थित हुनको निम्ति अनुरोध गर्नु भएको थियो ।गाउँपालिका स्तरमै बिद्यालयको नाम उच्च राख्ने छौ भन्ने बिद्यार्थी-शिक्षकको बचन बढताका साथ सम्पन्न कार्यक्रमको संचालन बिधालयका सहायक प्र.अ.प्रेम बहादुर बारघरेले गर्नु भएको थियो ।


प्रकाशित : २०७७ माघ २७ गते २०:२३


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology