सरस्वती माध्यामिक विद्यालयको ५१ औं बार्षिक उत्सव सम्पन्न

प्रकाश देवकोटा
प्रकाशित : २०७७ माघ २९ गते १९:२४

माघ , २९ पाल्पा
सरस्वती माध्यमिक विद्यालय पूर्वखोला २जल्पा खैरेनीले ५१ अौ बार्षिक उत्सव तथा अभिभावक भेला सम्पन्न भएको छ ।
समारोहमा प्रमुख अतिथि लुम्बिनी प्रदेश सांसद नारायण प्रसाद आचार्यले देशको विसम परिस्थितिले गर्दा संसद विघटन भएको र आगामि वैशाखमा हुने निर्वाचन बाट देशले निकास पाउने कुरा बताउनुभयो । स्थानिय निकाय भएपछि हरेक गाउ गाउमा विकासका पूर्वाधार संरचना निर्माण भएको यसले जनतालाई अत्यन्तै सहज भएको बताउनुभयो । अबको केहि बर्षमा १ घर १ धारा निर्माण गरि प्रत्येक घरमा पानिको व्यवस्था गर्ने र खानेपानि बाट कोहि पनि बञ्चित हुनु नपर्ने बताउनुभयो । अहिले पूर्वखोला देखि अरूणखोला जोड्ने मोटरबाटोमा पर्ने जमले खोला मर्स्याङ्दि खोलामा पुल निर्माण गरि सिद्धार्थ राजमार्ग र पूर्व पश्चिम राजमार्ग जोडि यातायात सञ्चालन गरिने बताउनुभयो । शैक्षिक क्षेत्रमा यस विद्यालयले महत्त्वपूर्ण योगदान पुर्याएको र अझ उत्तर उत्तर प्रगतिको कामना गर्दै विद्यालय को ५१ औं बार्षिक उत्सवको अवसरमा शुभकामना व्यत्त गर्नुभयो ।

यसै गरि कार्यक्रमका पूर्वखोला गाउँपालिका उपाध्यक्ष भागरथी भट्टराईले विद्यालयमा राम्रो र उत्कृष्ट नतिजा को लागि शिक्षकहरू र अभिभावक एकजुट भएर लाग्नु पर्ने साथै विद्यालयको लागि आवश्यक पर्ने स्रोत साधन स्थानिय निकायले समन्वय र सहयोग गर्ने बताउनुभयो । शैक्षिक क्षेत्रमा देशकै उत्कृष्ट नमुना गाउँपालिका बनाउन लागिपरेको र यसका लागि सबैको सहयोग उत्तिकै आवश्यक पर्ने बताउनुभयो ।

बिधालयका प्रधानध्यापक रमेश चन्द्र न्यौपानेले रू १ करोण ५४ लाख रकम बराबरको आय व्यय सार्वजनिक गर्नुभएको थियो । बार्षिकोत्सब समारोहमा अक्षय कोष दाताहरूलाई र एस ई ई मा उत्कृष्ट ग्रेड ल्याउने विद्यार्थीलाई सम्मान गरिएको थियो । वार्षिकोत्सब समारोहको बिच बिचमा विद्यार्थीहरूले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । कार्यक्रम विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष ईश्वरी प्रसाद न्यौपाने को अध्यक्षता र शिक्षक काशिराम खनालको सञ्चालनमा सम्पन्न भएको हो ।


प्रकाशित : २०७७ माघ २९ गते १९:२४


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology