आँफरडाँडामा भएको भलिबल खेलमा हेक्लाङ प्रथम

सिमा श्रेष्ठ
प्रकाशित : २०७७ फागुन ४ गते २२:४३

वीरकोट , पाल्पा
आँफरडाँडामा भएको भलिबल खेलमा हेक्लाङ प्रथम भएको छ ।
पूर्वखोला गाउँपालिका ५ वीरकोट आँफरडाँडा जनकल्याण आधारभुत बिधालयले २९ औं बार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न गरेको छ । गत बर्षको शैक्षिक सत्रको पुरस्कारकार वितरण गरि बिधालयका प्रधानाध्यापक मन बहादुर गाहाले ४१ लाख ३४ हजार ७ सय ७५ रुपया बराबरको आयव्य सार्बजनिक गर्नु भएको हो । यही अबसर पारेर स्थानीय युवाहरुले भलिबल खेल आयोजना गरी भलिबल खेल सम्पन्न भएको छ । २५ टिममा सहभागी प्रतियोगितामा प्रथम पूर्वखोला गाउँ पालिका ६ हेक्लाङ , द्वितीय पूर्वखोला गाउँ पालिका ५ वीरकोट आयोजक टिम र तृतीय गेझा बरदले टिमलाई मेडल प्रमाणपत्र सहित नगत रु तीस हजार , बीस हजार र दसहजाको दरले पुरस्कारकारले सम्मान गरेको हो । कार्यक्रमा कोविड १९ को कारणले भब्य रुपमा नगरी सामान्य रुपमा बिधालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ समिति , अभिभाबक शिक्षक बिधालय परिवार , बिध्यार्थीहरुको उपस्थितिमा बिधालय व्यवस्थापन समितिका अध्यक्ष शिव बहादुर ठाडाको अध्यक्षतामा भएको हो ।


प्रकाशित : २०७७ फागुन ४ गते २२:४३

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology