जनमार्ग मा.वि.को ५९ औंं वार्षिकोत्सब तथा अभिभावक दिवश सम्पन्न ।

कृष्ण पंगेनी
प्रकाशित : २०७७ फागुन ८ गते ८:१३

पूर्वखोला ,सिलुवा
पूर्वखोला गांउ पालिका १ सिलुवा मस्लाङ स्थिति जनमार्ग मा .वि. ले ५९ औं बार्षिक उत्सव तथा अभिभावक दिवस फाल्गुन ७ गते सामान्य रुपले मनाएको छ । कार्यक्रममा का प्रमुख अतिथि पूर्वखोला गांउ पालिका वडा नम्बर एक सिलुवाका का.बा. वडा अध्यक्ष तथा विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष गिरिमान आले को प्रमुख आतिथ्य मा सन्चालन भयको थियो । कार्यक्रममा बिधालय बालमन्च का अध्यक्ष नारायण श्रेष्ठ, शि.अ.संघ अध्यक्ष ज्ञान बहादुर राना, सदस्य अम्मिका काफ्ले ,पूर्वखोला गांउ पालिका वडा नम्बर एक वडा सदस्य रितमान श्रेष्ठ लगायत ले आ आफ्नो शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।कार्यक्रममा विद्यालयका प्र. अ. श्याम बहादुर दिशा बाट करिब २करोण २४ लाख आयब्यय बराबरको को प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । साथै उक्त कार्यक्रममा बिभिन्न ब्याक्ति हरू बाट स्थापना भएको अक्षयकोष को छात्रवृत्ति तथा पुरस्कार बितरण गरिएको थियो ।कार्यक्रम विद्यालय का प्र अ श्याम बहादुर दिशा को अध्यक्षता, बिधालय को सहायक प्रधानाध्यापक हरि प्रसाद भारती को स्वागत मन्तव्य तथा शिक्षक बालकृष्ण पंगेनी को संचालन मा सम्पन्न भएको थियो ।


प्रकाशित : २०७७ फागुन ८ गते ८:१३


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology