अर्खलडांडाका ५६ घर धुरिलाई घर घर धारा।

छविलाल पंगेनी
प्रकाशित : २०७७ फागुन १० गते २०:५७

अर्खलडांडाका ५६ घर धुरिलाई घर घर धारा।
पूर्वखोला गाउँपालिका पुर्वखोला -३ अर्खलडांडामा लामो समय देखिको खानेपानीको समस्या हल भएको छ। स्वच्छ खानेपानीको समस्याबाट बन्चित ५६ घर धुरिलाई घर घर धारो पुगेको छ। यो सङ्गै खानेपानीको लागि खोला र खोल्सी धाउने समस्या हटेको छ ।अर्खलडांडां खानेपानी उपभोक्ता समितीको आयोजनामा पुर्वखोला गाउँपालिका पुर्वखोला -३ अर्खलडांडा पाल्पामा संचालित उद्घाटन कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका सांसद नारायण प्रसाद आचार्यले यस क्षेत्रमा एक घर एक धारा पूरा भएको बताउदै अब यस क्षेत्रलाई घर घरमा धारा मात्र हैन कृषिमा समेत हरा भरा पारि आर्थिक विकास गर्दै लैजाने बताउनु भयो। सांसद आचार्यले पूर्वखोलामा विधुत विकासका लागि काठे पोल हटाएर फलामे पोलको समेत विकास गर्दै लैजानको लागि आफू लागि परेको बताउनु भयो । कार्यक्रमका विशिष्ट अतिथि पूर्वखोला गाउँपालिका अध्यक्ष नुन बहादुर थापाले अर्खलडांडाका बस्तिहरुमा सफा र स्वच्छ खनेपानी मात्र हैन हरेक विकास निर्माणका काममा स्थानीय सरकारले सहयोग गर्ने बताउनु भयो। वडा नं -३ का वडा अध्यक्ष निलकन्ठ भट्टराईले हरेक घरमा पालास्ट सहितको धारा निर्माणको लागि आफुले पहल गर्ने बताउनु भयो।कार्यक्रममा जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्राविधिक शोभाखर अधिकारी , रिङ्नेरह स्वास्थ्य चौकी प्रमुख श्रीराज आचार्य लगाएतले कार्यक्रमा आ आफ्नो भनाई राख्नु भएको थियो। घर घरमा धारो आएपछी स्थानिय खुसी भएका छन। अर्खलडांडा खानेपानी उपभोक्ता समितिका कोषाध्यक्ष गिता पंगेनीको स्वागत बाट सुरु भएको कार्यक्रम छवि पंगेनीको संचाल , अर्खलडांडा खानेपानी उपभोक्ता समितिका अध्यक्ष हुम बहादुर आलेको अध्यक्षतामा चलेको हो। खानेपानी डिभिजन खानेपानी आयोजना र जनश्रमदान बाट सम्पन्न भएको हो ।
अर्खलडांडामा ३ क्षेत्रमा बाडि काम भै रहेको छ बाकि २ क्षेत्रको काम भने भै रहेको छ ।


प्रकाशित : २०७७ फागुन १० गते २०:५७


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology