बुद्धिविकास प्रा.वि को ६७ औं बार्षिकोत्सव सम्पन्न

मायां बस्याल
प्रकाशित : २०७७ फागुन १२ गते २१:११

फागुन १२ गते ,
माया बस्याल ,
बुद्धिविकास प्रा.वि. माथागढी २ रुप्से गैराबारीले अाफ्नाे ६७अाैं स्थापना दिवस तथा अभिभावक दिवस सम्पन्न गरेको छ ।

विद्यालय प्र.अ. कमला ढकालले विद्यालयकाे प्रगति प्रतिवेदन प्रस्तुत गर्दै ८२ जना विद्यार्थी रहेको स्कुल ले शिक्षाको ज्याेति फैलिएको अाज ६७ बर्ष पुगेछ र विद्यालयकाे अार्थिक श्राेत नभएको हुदा साेचे अनुसारकाे अतिरिक्त क्रियाकलाप सञ्चालन गर्न तथा विद्यालयलाई सुधारात्मक कार्य गर्न पनि कठिन भएको समस्या बताउनु भएको थियो । हाल विद्यालयकाे अक्षयकोष १ लाख ४७ हजार ७० रुपैयाँ रहेकोमा उक्त बजेटकाे व्याज २६ हजार ४ सय ७२ रुपैयाँबाट विद्यालयकाे नीतिगत कार्यक्रम अनुसार छात्रवृत्ति तथा अतिरिक्त क्रियाकलापमा सहभागी भई उत्तीर्ण विद्यार्थीलाई पुरस्कार समेत वितरण गरिएको कुरा प्रतिवेदनमा समावेश गर्नु भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि तथा गाउँपालिका उपाध्यक्ष निर्मला भट्टराईले माथागढीमै नमुना विद्यालयकाे रुपमा रहेको याे विद्यालय नजिकै निजी विद्यालय सञ्चालनमा रहे पनि ८२ जना विद्यार्थी हुनु गर्वकाे कुरा रहेको वडा नम्बर २ मा भएका विद्यालय मध्य नमुना काम गर्ने सिकाइ उपलब्धि बढाउने यस विद्यालय निकै राम्रो राम्रो उपलब्धि मूलक कार्यमा अगाडि बढेको भन्दै समुदायमा शिक्षा विना कुनै परिवर्तन सम्भव छैन शिक्षाले नै समाज समुदायमा सभ्यता कायम गराउछ भन्दै बालबालिकालाई शिक्षाको पहुँचबाट टाढा नराख्न र सबै बालबालिकाले स्कुललाई मामा घरका रुपमा लिने जस्तो स्कुल भएमा विद्यार्थी सबै विद्यालय भित्र रहने र अाफूले तथा पालिकाले यस विद्यालयमा शिक्षाको क्षेत्रमा गर्नुपर्ने सहयोग पूर्ण रुपमा गर्ने प्रतिबद्धता समेत जनाउनु भएको छ।

कार्यक्रमका विशिष्ट अतिथि तथा वडा नम्बर २ वडा अध्यक्ष जनक रिजालले अाफ्नाे वडा भित्र रहेका सामुदायिक विद्यालयमा नमुना विद्यालयका रुपमा रहेको यस विद्यालयको सिकाई उपलब्धि शिक्षाकाे सिकाइ संगै व्यवस्थापन काे पाटाेमा समेत नमुना नै रहेको कुरामा अाफू समेत विस्वस्त भएको जानकारी गराउदै अागामी दिनमा यस विद्यालयलाई अाफूले गर्नु पर्ने सहयोग सम्पूर्ण गर्ने प्रतिबद्धता समेत जनाउनु भएको छ ।

कार्यक्रमका अवसरमा सरस्वती पुजा,र्याली , सांस्कृतिक कार्यक्रम गरिएको थियोे भने विद्यालयले विद्यार्थीहरुका बीचमा सञ्चालन गरेका अतिरिक्त क्रियाकलापमा सहभागीलाई पुरस्कार वितरण समेत गरिएको थियो ।

शिक्षक शाेभा काेइरालाकाे स्वागत मन्तव्य बाट सुरु भएको बार्षिक उत्सव कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष यमकला बस्यालकाे अध्यक्षता तथा शिक्षक मनाेहर प्रसाद ज्ञवाली काे सञ्चालनमा सम्पन्न भएको हाे ।


प्रकाशित : २०७७ फागुन १२ गते २१:११


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology