वीरकोट आयुर्वेद अौषधालयको नवनिर्मित भवन उद्घाटन

सिमा श्रेष्ठ
प्रकाशित : २०७७ फागुन १२ गते २१:५३

फागुन १२ , पूर्वखोला वीरकोट ,
पूर्वखोला गाउँपालिका-५ मा रहेको वीरकोट आयुर्वेद अौषधालयको नव निर्मित भवन आज उद्घाटन गरिएको छ ।
उद्घाटन समारोहका प्रमुख अतिथि पूर्व भुमीसुधार तथा व्यवस्था मन्त्री एवं पाल्पा क्षेत्र नं. १ का केन्द्रिय सांसद दल बहादुर रानाले एक कार्यक्रमका बिच भवनको उद्घघाटन गर्नु भएको हो। सो अवसरमा बोल्नुहुँदै सांसद रानाले वीरकोटले यो आयुर्वेद भवन लगायत अन्य विकासका कामहरु खानेपानी, स्वास्थ्य ,विद्यालय भवन,बाटोघाटो ,विद्युत ,सिपमूलक कामहरुमा धेरै अगाडी फड्को मारेको बताउनुभयो। रानाले सरकारले रोजगारीको सिर्जना गर्ने धेरै योजनाहरु ल्याएकाले जनताहरुले पनि मेहनत गरेर अघि बढ्नुपर्ने अौंल्याउनुभयो । कम्युनिष्ट सरकार बनि सकेपछि देश समाजवादको दिशा तर्फ बढेकोले अब सबैले काम अनुसारको नाम र दाम पाउने रानाले बताउनुभयो ।

विशिष्ट अतिथि प्रदेससभा सदस्य नारायण प्रसाद आचार्यले । अहिलेकै निर्वाचित जनप्रतिनिधिहरुको कार्यकालमा एक घर एक धारा खानेपानी योजना पुरा गर्ने बताउनुभयो । उहाँले विद्यालय, भवन , वडा कार्यालय लगायतका कार्यालय हरु व्यवस्थित भैसकेको अब काम लिन सहज हुने पनि बताउनु भयो ।

कार्यक्रममा संविधानसभा सदस्य राधा कृष्ण कंडेल, पूर्वखोला गाउँपालिका उपाध्यक्ष भागीरथी भट्टराई , पूर्वखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानु पनेरु , ,पाल्पा आयुर्वेद स्वास्थ्य केन्द्रका निमित्त प्रमुख माधव प्रसाद बस्याल जिल्ला समन्वय समितीका सदस्य ईश्वरी प्रसाद न्यौपाने ,निशुल्क जग्गादाता क्याप्टेन कुल बहादुर सारु , पूर्वखोला गाउँ पालिका २ का वडा अध्यक्ष नीर बहादुर सारु लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा जग्गा दाता लगायत विभिन्न व्यक्तिहरुलाई ढाकाको टोपी,सम्मानपत्र र मायाको चिनोले सम्मान गरिएको थियो । कार्यक्रम पूर्वखोला गाउँपालिकाका अध्यक्ष नुन बहादुर थापाको अध्यक्षता भएको हो । साथै गाउँपालिका स्वास्थ्य संयोजक मोहन ढकालको संचालन र वीरकोट स्वास्थ्य चौकी प्रमुख सरस्वती श्रेष्ठको स्वागत मन्तव्यबाट कार्यक्रम शुरु भएको थियो ।


प्रकाशित : २०७७ फागुन १२ गते २१:५३


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology