बालकल्याण प्रा.वि झेमराङ्गको ३४ औं बार्षिकोत्सव सम्पन्न

प्रकाश देवकोटा
प्रकाशित : २०७७ फागुन १३ गते ७:३२

फागुन १२

पूर्वखोला गाउपालिका वडा नं ६ झेमराङ्ग मा रहेको बालकल्याण प्रा.वि .ले ३४ अौ बार्षिक उत्सव तथा अभिभावक दिवस सु सम्पन्न गरेको छ । कार्यक्रममा प्रमुख अतिथि पूर्वखोला गा.पा . वडा नं ६ का वडाध्यक्ष मन बहादुर सारूले समुद्घाटन गर्नु भएको थियो । कार्यक्रम मा बोल्दै प्रमुख अतिथि सारूले विद्यालयहरुको अाफ्नो कार्यकालमा वडाका सवै विद्यालयमा शैक्षिक गुणस्तर सुधार्ने त्यसका लागि सबै एक साथ जुट्नु पर्ने बताउनु भयो । यस विद्यालयमा कक्षाकोठाको अभाव भएकाले १ वर्ष भित्र जसरी भएपनि २ कोठे भवन निर्माण गर्ने प्रतिवद्बता गर्नुभयो । यसैगरी गाउमा अब केहि दिनमा खानेपानी सबैको घर घरमा पुग्ने पानि लिफ्टिङ सफल परिक्षण भईसकेको पाईप बिच्छाउने काम सुरू गरिएकाले अब धेरै कुर्नु नपर्ने बताउनुभयो ।

विद्यालयका प्रधानाध्यापक शंकर न्यौपानेले शैक्षिकसत्र २०७६ सालको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । प्रतिवेदनमा विद्यालयमा भएका समस्या,गरिएका कार्यविवरण,आगामि भावियोजना प्रस्तुत गर्नुभएको थियो । प्रतिवेदनमा शैक्षिकसत्र २०७७ सालमा बोर्डिङ स्कुल पढ्ने १३ जना विद्यार्थीलाई यस विद्यालयमा ल्याउन सफल भएको र विद्यालय सेवा भित्रका कुनै पनि बालबालिका बोर्डिङ स्कुल नगएको बताउनुभयो ।

कार्यक्रममा डिलु स्मृति कोषका संरक्षक जय बहादुर काम्मु,संस्थापक प्र.अ. जय ब काम्मु ,जनप्रिय मा.वि. का प्र. अ. बाबुराम घिमिरे , वडा सदस्य नरिन्द्र काम्मु शि.अ.सं. अध्यक्ष केश बहादुर काम्मु ले शुभकामना मन्तव्य सहित आफ्ना भनाईहरू प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा दल बहादुर सुर्यवंशीले आफ्नो बाबा अामाको नाम बाट २१००० रकम बराबरको अक्षय कोष राख्नु भएको थियो । कार्यक्रमको बिच बिचमा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको , शैक्षिकसत्र २०७६ सालको नतिजाको साथै विभिन्न खेलमा विजेता विद्यार्थीलाई पुरस्कार वितरण गरिएको थियो । कार्यक्रम वि.व्य.स.अध्यक्ष तारा बहादुर काम्मुको अध्यक्षतामा शिक्षक कमला काम्मु र विद्यार्थी शृष्टि सुर्यवंशीको स्वागत मन्तव्य साथै प्रकाश देवकोटाको सञ्चालनमा सम्पन्न भएको थियो ।


प्रकाशित : २०७७ फागुन १३ गते ७:३२


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology