रामपुर , पाल्पा
रामपुर नगरपालिका –७ किसान बारीमा मोटरसाइकल दुर्घटना हुँदा गएराति एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा सोही नगरपालिका वडा नम्बर ६ विजयपुरका ३० वर्षीय सञ्जु आले रहेको प्रहरीले जानकारि गरायो
खप्टारबाटबाट विजयपुरतर्फ जाँदै गरेको लु १३ प ६८१४ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ बिहिबार राती साढे ९ बजे दुर्घटनामा परेको थियो। मोटरसाकइल सडकभन्दा ७ मिटर तल खसेको छ। घाइते भएका आलेलाई उपचारको लागि रामपुर अस्पताल पुर्याएपछि चिकित्सकले मृत घोषणा गरेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
    
    
    	
							
							
								 
									प्रकाशित :  २०७७ फागुन  १४ गते १५:१६
								
							 
							
						 
					 
    
    
    
    
    							 
						
Facebook Comment