रामपुरमा मोटरसाइल दुर्घटनामा हुदा १ जनाको मृत्यु

Kandara News
प्रकाशित : २०७७ फागुन १४ गते १५:१६

रामपुर , पाल्पा
रामपुर नगरपालिका –७ किसान बारीमा मोटरसाइकल दुर्घटना हुँदा गएराति एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा सोही नगरपालिका वडा नम्बर ६ विजयपुरका ३० वर्षीय सञ्जु आले रहेको प्रहरीले जानकारि गरायो

खप्टारबाटबाट विजयपुरतर्फ जाँदै गरेको लु १३ प ६८१४ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ बिहिबार राती साढे ९ बजे दुर्घटनामा परेको थियो। मोटरसाकइल सडकभन्दा ७ मिटर तल खसेको छ। घाइते भएका आलेलाई उपचारको लागि रामपुर अस्पताल पुर्‍याएपछि चिकित्सकले मृत घोषणा गरेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


प्रकाशित : २०७७ फागुन १४ गते १५:१६


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology