लुम्बिनी प्रदेशका भाैतिक पुर्वाधार विकास मन्त्रि चाैधरीले बाट निस्दीमा पक्कि पुलकाे शिलन्यास।

रमा भण्डारी
प्रकाशित : २०७७ फागुन १९ गते २०:५३

लुम्बिनी प्रदेशका भाैतिक पुर्वाधार विकास मन्त्रि चाैधरीले गरे निस्दिमा पक्कि पुलकाे शिलन्यास।
फागुन १९ , रामपुर पाल्पा।।

भाैतिक पुर्वाधार विकास मन्त्रि बैजनाथ चाैधरीले जनताकाे सहयाेग विना विकासका काम पुर्णनहुने बताउनु भएकाे छ ।निस्दि गाउपालिकाकाे वडा नम्बर ५ ढुगाना बेसि र निस्दिकै वडा नम्बर ३ जाेड्ने पाकरीखाेलाकाे अब निमार्ण हुने पक्कि पुलकाे सिलन्यास कार्यक्रममा यस्ताे भन्नू भएकाे हाे ।कार्यक्रममा मन्त्रि चाैधरीले गण्डकी प्रदेश बाट रामपुर हुँदै बेलडाडा भएर झिरुवास हुप्सेकाेट बाट अरुणखाेला नवलपुर सम्मकाे बाटाे भएकाले पनि पुल अति महत्त्वपूर्ण रहेकाे भननु भएकाे छ ।कार्यक्रममा मा वहाले सङ्घियता लागू भएकाे ३ बर्षमा थुप्रै काम भएकाे बताउदै मानव सुचाङ्कमा पाल्पा प्रदेसका १२ जिल्ला मध्ये पाल्पा अगाडिनै रहेकाे पनि बताउनु भएकाे छ।कार्यक्रममा अहिले प्रदेशमा १ सय ५४ वटा पक्कि पुल बन्दै गरेकाे भन्दै पाल्पामा १५ वटा निर्माणाधिन अबस्थामा रहेकाे बताउनु भयाे ।अवकाे २ वर्षमा वडा वडाकाे पहुचमा पुगेपछि सङ्घियताकाे अनुभूति हुने पनि बताउनु भएकाे छ । पाल्पा जिल्ला समन्वय समितिका कार्यबाहक अध्यक्ष मिरा मरासिनिकाे अध्यक्षतामा भएकाे शिलन्यास कार्यक्रममा लुम्विनि प्रदेशका साम्सद नारायण प्रसाद अाचार्यले निस्दि गाउपालिकामा अब २ वर्ष भित्र विजुलिकाे पहुच,पुग्ने छ र वििभन्न स्रेात साधन काे सहि प्रयाेग गरि सबैलाई विकासकाे अनुभूति हुने काम गर्ने बताउनु भयाे ।अर्का प्रदेश साम्सद युवराज खनालले यसक्षेत्रका अावश्यक र निमार्ण भईरहेका याेजनाका बारेमा जानकारी गराउनु भएकाे छ ।कार्यक्रममा यातायात पुर्वाधार निर्देशक भिमार्जुन पाण्डेले २०७७षाैष २९ गते निमाणकाे जिम्मा पाएकाे नयाबाटाे दर्शन जि यश जे भि वालिङले सम्झाैता गरृकाे पक्कि पुल २० मिटर लामाे र ९ मिटर चाैडाई रहने र दुबै साईडमा पैदल मार्ग रहने छ । भाैतिक पुर्वाधार विकास मन्त्रालयकाे २कराेड २१ लाख ४ हजार ३ सय ७९ रुपैयाकाे लागतमा काम शुरु भई पक्कि पुलकाे शिलन्यास भएकाे हाे ।बेलडाडा ढुगानाबेसि पाकरीखाेला झिरुबास सडकमा पक्कि पुल अउदाे २०७८पाैष २८ गते सम्पन्न गरि सक्नु पर्ने छ ।यसपुलकाे प्रादेशिक सडक पुल समन्वय कार्यलय नेपालगञ्जकाे सहयाेगमा सडक पुर्वाधार विकास कार्यलय पाल्पाले यसकाे विशेष रेखदेख गर्ने छ ।कार्यक्रममा निस्दि गाउपालिकाका अध्यक्ष मुक्त बहादुर सारुले गाउपालिकामा भएका विभिन्न याेजनाकाे जानकारी गराउदै अझै निस्दिबासिलाई विकासकाे अनुभूति गराउन सकिएकाे छैन अझै निस्दिमा विजुलिकाे पहुच छैन खानेपानि लगायतकाे निस्दि बासिलाई सडक भर्खर विकास हुँदै भएकाे बताउनु भयाे । कार्यक्रममा निस्दि वडा नम्बर ३ का वडा अध्यक्ष लक्ष्मि प्रसाद पाटाकाे स्वागत बाट शुरु भएकाे कार्यक्रमकाे सन्चालन वडा नम्बर ५ का वडा अध्यक्ष भिम बहादुर बयाम्बुले गर्नु भएकाे हाे ।


प्रकाशित : २०७७ फागुन १९ गते २०:५३


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology