मातृभूमि माध्यमिक विद्यालय को ६४ औं बार्षिकोत्सव सम्पन्न

भुवन सिंजाली
प्रकाशित : २०७७ फागुन २१ गते २०:५९

मातृभूमि माध्यमिक विद्यालय पूर्वखाेला ४ देविनगरले ६४ अाैं वार्षिकोत्सब विभिन्न कार्यक्रम गरि सम्पन्न गरेको छ ।
वार्षिकोत्सबमा विद्यालयका प्र.अ. मेहरमान थापाले शैक्षिक भाैतिक र २ करोड १४ लाख ११ हजार ६५ रुपियाँ बराबरको अायव्याय प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयकाे वार्षिकोत्सब हरेक फागुन १२ गते मनाउने भए पनि यस वर्ष शिक्षक विद्यार्थीकाे मृत्युका कारण विद्यालय शाेकमा हुदा केही दिन पछि सारिएको बताउनु भयो । कार्यक्रमका प्रमुख अतिथि देविनगर वडाका अध्यक्ष रिम प्रसाद श्रेष्ठले शैक्षिक गुणस्तर वृद्धि गर्न सबै पक्षबाट लाग्नु पर्ने, शिक्षकहरुले वैज्ञानिक प्रविधि प्रयोग गरि शिक्षण गर्नु पर्ने ,विद्यालयका भाैतिक विकासहरु भइरहेकोले प्राविधिक शिक्षा सन्चालन गर्न पहल भएकाेले केही वर्षमै प्राविधिक शिक्षा सन्चालन गर्ने बताउनुभयो । विशिष्ट अतिथि विद्यालयका पूर्व विद्यार्थी शिक्षक हाल सर्वोच्च अदालतका उपसचिव शिव थापाले विद्यार्थीलाई व्यवहारिक शिक्षा दिनुपर्ने मेहनत गरेर पढे कहिले पनि केहिमा अल्झनु नपर्ने बताउनुभयो । कार्यक्रममा छात्रवृत्ति स्थापना गर्ने दाताहरुलाइ सम्मान ,विभिन्न दाताहरुबाट स्थापना गरेको छात्रवृत्ति वितरण १२ कक्षामा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाइ सम्मान र विद्यार्थीबाट सास्कृतिक प्रस्तुति गरेको थियो । विद्यालयलाइ शुभकामना दिनेहरुमा देविनगर वडाका सदस्य मेहर सिङ थापा भुवन सिङ्जालि शिक्षक अभिभावक सङ्घका अध्यक्ष भाेज बा मसराङ्गि, स्वास्थ्य चाैकिका प्रमुख महेन्द्र जि सि , लक्किमाया सिङ्जालि लगाएतले विद्यालयकाे प्रगतिकाे कामना गर्नु भएको थियो ।वार्षिकोत्सब शिक्षक यम बाहादुर खत्रीको स्वागत मन्तव्य लक्ष्मण कुमार के सि काे सन्चालन र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेक बाहादुर खत्रीको अध्यक्षतामा सम्पन्न भएको थियो ।


प्रकाशित : २०७७ फागुन २१ गते २०:५९


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology