ज्यामीरेको पोखरीछांपमा जिप दुर्घटनाहुदा ४ घाइते ।।

माधब पाण्डे
प्रकाशित : २०७७ फागुन २२ गते १३:४६

शनिबार  बिहान निस्दीमा जीप दुर्घटना हुँदा ४ जना घाइते भएका छन् । निस्दी गाउँपालिका-७, ज्यामिरे पोखरीछाँप नजिकै कच्ची सडकमा लु १ ज १७६२ नम्बरको जीप दुर्घटना हुँदा चार जना घाइते भएका हुन् ।

घाइते हुनेहरुमा निस्दी–७, बस्ने वर्ष २२ का रेवन आले, सोही स्थानका २१ वर्षका डिलबहादुर सारु, सोही स्थानकै २८ वर्षका चन्द्रसिंह सुनारीमगर र चालक पूर्वखोला–३, का ३७ वर्षीय शिशिर आचार्य रहनुभएको छ । घाइतेमध्ये रेवन आलेको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइते अन्य ३ जनाको अवस्था समेत चिन्ताजनक रहेको छ ।
घाइतेहरुको अहिले तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचार भईरहेको छ । शनिबार बिहान २ बजेतिर वीरकोटस्थित बिहेबाट दाइजो लिएर ज्यामिरेतर्फ फर्कने क्रममा जीप दुर्घटना भएको प्रहरी ले जानकारी गराएको छ । जीप सडकदेखि २५ मिटर तल खसेको थियो ।


प्रकाशित : २०७७ फागुन २२ गते १३:४६


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology